भण्डारढिकमा हुने ई-प्लानेट दशै कन्सर्टको तयारी पुरा

इनेप्लिज २०७५ असोज ३१ गते २१:४९ मा प्रकाशित

पोखरा ३० असोज ।

चारैतिर दशैंको रमझमले छाईरहेको छ । चाडपर्व नजिकिए सँगै पोखरा र पोखरा आसपासमा पनि थुप्रै कार्यक्रमको विभिन्न उदेश्य राखी आयोजना गरिएको पाईन्छ । उसो त पोखरामा ठूला खालका महोत्सव, कन्सर्ट लगायतका कार्यक्रम पनि नेपालको अरु ठाउँहरु भन्दा बढि नै भईरहेको हुन्छ ।

नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर असोज ३१ गते वुधवार कालरात्रीको दिन पोखराको लेखनाथ भण्डारढिक रंगशालामा हुने ई-प्लानेट दशैं कन्सर्टको तयारी पूरा भएको आयोजक सेभेन मिडिया नेटवर्कले जनाएको छ ।
बौद्धिक रुपमा अपांगता भएका वालवालिका तथा राधाकृष्ण बृद्धाश्रम लाई आर्थिक तथा भौतिक सहयोग गर्ने उद्देश्यले सेभेन मिडिया नेटवर्कको आयोजनामा पहिलो पटक लेखनाथ रंगशाला भण्डारढिकमा कन्सर्टको आयोजना गर्न लागिएको कार्यक्रम निर्देशक राम रानाभाटले जनाए।

कन्सर्टमा राष्ट्रिय स्तरमा चर्चित तथा स्थानीय ब्यान्डहरुले लाईभ प्रस्तुति राख्ने छन्। विगत २५ वर्ष अघि पोखरा वाट उदाएको सांगीतिक ब्याण्ड नेपथ्य प्रती सम्मान र समर्पण ब्यक्त गर्दै सैनिक सेभियर, संघर्ष नेपाल, म–यत्न, एक्स डायमण्ड, दि नेक्स डोर, तथा धर्ती ब्याण्ड लगायतले नेपथ्यका चर्चित गितहरु संगै अन्य गित प्रस्तुत गर्नेछन् व्याण्ड संयोजक विशाल सुनारले बताए।
नि : स्वार्थ एवं सामाजिक भावना राखेर गर्न लागिएको कन्सर्टमा प्रवेश भने नि:शुल्क राखिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई टुबोर्ग वियरले प्रस्तुत गरेको हो भने विगत १४ वर्ष देखी शैक्षिक परामर्शको क्षेत्रमा सेवा दिंदै आईरहेको ई–प्लानेटले मुख्य प्रायोजन र सेभेन लेक्स रिसोर्टले सह–प्रायोजन रहेको छ ।

प्रतिक्रिया