शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:२२
वासिङटन डिसी 23:37

मेगा मिलियन ज्याकपट चिट्ठाको भाग्यशाली बिजेता कोही भएन ,अक्टोबर १९ मा ८ सय ६८ मिलियन डलर राशीको खुल्ने

इनेप्लिज २०७५ असोज ३१ गते १३:५८ मा प्रकाशित

गत अक्टोबर १६ मंगलबारका दिन खोलिएको मेगा मिलियन ज्याकपटको भाग्यशाली बिजता कोही बन्न सकेनन । र अहिले सम्म कसैले पनि दाबी गरेका छैनन् । गत मंगलबार कसैलाई ज्याकपट नपरे पछि त्यसलाई निरन्तरता दिदै थप राशी सहित अमेरिकाको ईतिहास कै सर्बाधिक दोश्रो ठुलो राशीको मेगा मिलियन खोलिने भएको छ ।

८ सय ६८ मिलियन डलरको भएता पनि बिजेताले ४ सय ९४ लाख डलर प्राप्त गर्नेछन । ज्याकपट नपरेता पनि ९ जना लाई ५ वटा सेतो संख्या परेको र १० लाख डलर बराबर राशिको चिट्ठा परेको सबै समाचारले उच्च प्राथमिकताको साथ समाचार छापेको छ ।

गत मंगलबार खोलिएको चिट्ठाको बिजेता संख्या ३-४५-४९-६१-६९ रहेको थियो भने मेगा बल ९ तथा मेगा प्लायर ५ अंक परेको छ । गत मंगलबारको नतिजा अनुसार टेक्सस ,पेन्सेल्भेनिया ,क्यालिफोर्निया ,जर्जिया ,केन्टकी ,न्यूजर्सी तथा न्यूयोर्कमा परेको आधिकारिक रुपमा मेगा मिलियन अधिकारीले जनाएका छन ।

२ डलर रकमको चिट्ठा आगामी शुक्रबार अक्टोबर १९ तारिखमा खुल्ने चिट्ठा हुदा उक्त दिन अमेरिकाको पूर्वीय समय १०:४५ सम्म खरिद गर्न सकिने छ ।

प्रतिक्रिया