मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै-मोडल ज्योति प्रसाई

इनेप्लिज २०७५ असोज ३१ गते ३:५२ मा प्रकाशित

सुर्य चन्द ,
काठमाडौँ: सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l नब मोडल ज्योति प्रसाई पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी छिन l अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l

मिस ब्युटी क्विन नेपाल २०१८ मा बिजेता बनेर टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् l विभिन्न र्याम्प/फेसन सो हरुमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमा अनुभब बटुलीसकेकी ज्योतिले भर्खरै सम्पन्न मिस्टर ह्यान्डसम २०१८ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन l

नृत्य र अभिनयमा पोख्त ज्योति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो l उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l झापा सुरुङ्गाकि स्थाई बासिन्दा नब मोडल ज्योति प्रसाई काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो अध्यनलाइ निरन्तरता दिदै आफ्नो भबिष्य कोर्ने क्रममा छिन भने उनि डिएभि कलेजमा बिबिएस चौथो बर्षमा अध्यनरत गर्दैछिन l हेर्दा पनि आकर्षण, हासी रहने शालीन स्वभाबकि मोडेल ज्योति प्रसाई अहिले म्युजिक भिडियो तथा फिल्ममा तथा अन्य मिडिया अफरको पर्खाइमा छिन l सानै उमेर देखि नृत्यमा रुचि राख्ने ज्योति अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l सुपर मोडल तथा चर्चित नायिका बन्ने योजनाको साथ् मोडलिङ क्षेत्र प्रवेश गरेकी ज्योति अभिनय, डान्सिङ, ट्राभलिङ रिडीङमा रुचि राख्छिन l

नब मोडल ज्योति भन्छिन,अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।परिवार तथा बिसेष गरि आफ्नो ममीको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी ज्योतिलाई हाम्रो तर्फ बाट पनि अग्रिम शुभकामना l

प्रतिक्रिया