डिसीमा ‘छक्का पञ्जा ३’ प्रदर्शन हुने

इनेप्लिज २०७५ असोज ३१ गते २:०६ मा प्रकाशित

यो बर्षकै प्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ अमेरिकाको डिसी महानगर क्षेत्रमा प्रदर्शन हुने भएको छ । नोभेम्बर ३ मा फल्स चर्च स्थित डिसी चलचित्र मन्दिरमा प्रदर्शन हुने छ । नेपालमा घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको यो चलचित्र भर्जिनियामा देखाइने भएको छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ । अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ ।

कहिले : नोभेम्बर ३ ,शनिबार
कहाँ :DC CINEMA LOEHMANN’S PLAZA

7291 ARLINGTON BLVD

FALLS CHURCH ,VA 22042

टिकट दर : $ १५ डलर

समय : २ बजे

 

प्रतिक्रिया