मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:०६
वासिङटन डिसी 15:21

अमेरिकाका सिटौलाहरुले चार पुस्ते सम्म मात्र १३ दिन शोक(जूठो)बार्ने ऐतिहासिक निर्णय

इनेप्लिज २०७५ असोज ३१ गते १:२७ मा प्रकाशित

वर्तमान समयमा बुवाआमाको मृत्यु पछि कति पुस्ताले कति दिन सम्म शोक(जूठो) बार्ने या तिनका सन्तानले काजकिरिया कति दिन सम्म गर्ने भन्ने विषयमा बृहत छलफल भै रहेको अवस्थामा छ । र यो बहसको बिषय बनि रहेको छ । हिन्दू धर्म–संस्कृति अनुरूप बाबुआमाको मृत्युपछि तिनका सन्तानले १३ दिन काजकिरिया गर्ने परम्परा रहि आएको छ ।

नेपालको पूर्वीय क्षेत्र पुर्खौली घर भएका तथा हाल अमेरिकाका विभिन्न राज्य तथा शहरमा आएर स्थापित हुदै गएका सिटौलाहरुले चार पुस्ते सम्म मात्र १३ दिन शोक(जूठो)वार्ने ऐतिहासिक निर्णय गरेका छन् ।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका सिटौला परिवारहरु तीन पुस्ते सम्म अमेरिकामा बसोबास गर्न थालेका छन् भने यो क्रम बढ्दो छ । सिटौला परिवार निकै झाँगिएको र यसका हाँगा बिँगा को व्यापक विस्तार भएकोले शोक(जूठो) को खबर एकैछिनमा प्राप्त हुने भएकोले अमेरिकामा जन्मेका दोश्रो पुस्ताले दशैँ तिहार मनाउन भन्दा क्रिसमस र हालोविनमा रमाउन थालेका छन ।

दशैँ र तिहार बर्षौ बर्ष सम्म मनाउन नपाए पछि चाड पर्व बारेमा अन्यौल र उत्तरको खोजी अभिभावक संग राख्न थालेका छन । अमेरिकामा सिटौला परिवारले आधा दशक सम्म पनि दशैँ मनाउन पाएको अवस्था रहेको बुझिएको छ ।

हिन्दू धर्मावलम्बीमा पनि सबैमा १३ दिनको प्रचलन भने छैन । कतिपय जनजातीय समुदायमा बाबुआमाको मृत्युमा १३ दिन जुठो बार्ने चलन छैन । परम्पराअनुरूप कसैले ३ दिन, कसैले ५ दिन बार्छन् । हिन्दूधर्म नै यस्तो धर्म हो जो स्वेच्छिक पनि छ ।

गत २०७५ साल असोज २८ गते आइतवार,तदअनुसार अक्टोबर १४ तारिखका दिन सिटौला सेवा समाज उत्तर अमेरिकाका अध्यक्ष कपिल मुनी सिटौलाको अध्यक्षता बसेको बैठकले चार पुस्ते सम्म मात्र १३ दिन शोक(जूठो)बार्ने ऐतिहासिक निर्णय गरेको छ ।

उक्त ऐतिहासिक बैठकले विशेष प्रस्ताव सहित परम्परागत रूपमा मनाउंदै आएका चाडपर्वका बीचमा आई पर्ने मृत्यू सूतक ( जूठो )लाई व्यावहारिक व्यवस्थापन गर्ने बिषयमा छलफल हुदा ३ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

पहिलो ,अव उप्रान्त एकाघर परिवारमा वुवा वा आमा वा दुवै, हजूरवुवा वा हजूरआमा वा दुवै, जिजूवुवा वा जिजुआमा वा दुवै ( स- पिण्डी जोडिने पुस्ता ) सम्मका सिटौला वन्धू- वान्धवहरू भित्र शोक (जूठो ) परेमा शास्त्रअनुरूप नै १३ दिन सम्म शोक बार्ने निर्णय पारित गरेको छ ।

यसै गरि दोश्रो ,स- पिण्डी जोडिने पुस्ता भन्दा माथि ५ , ६, र ७ औं पुस्ता सम्म ५ दिन सम्म शोक( जूठो )बार्ने निर्णय पारित गर्नुका साथै तेश्रो पुस्ता ८ औं देखि माथिका पुस्ताको हकमा १ दिन शोक ( जूठो ) बार्ने निर्णय सर्व सम्मत निर्णय पारित गरेको छ ।

सिटौला सेवा समाज उत्तर अमेरिकाले देश विदेशमा रहने हिन्दू धर्मावलम्वी नेपालीहरूले परम्परागत रूपमा मनाउंदै आएका महान चाडवाडहरू क्रमस दसैं, तिहार लगायत अन्य पर्वहरूका विचमा हामी सिटौला वन्धूहरू दिवंगत भएकाे कारणले नै केहि वर्ष यता देखि निरन्तर रूपमा हाम्रा यी महान चाडपर्व मनाउंन नपाई राखिएको अवस्थाको अवगत छापा बिज्ञप्ति मार्फत जनाएको छ ।

साथै कालान्तरमा आउने जूठो र यी चाडपर्व मनाउने कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने विषय पनि उत्तिकै महत्वका साथ छलफल गर्दै आएको जनाएको छ । तर कुनै निष्कर्ष ननिस्की जूठो र चाडवाडलाई समन्वय गर्न नसकेर सवै सिटौला वन्धूहरूका विचमा वडो अन्यौलको अवस्था सिर्जना भएको सर्व विदितै छ भनि उल्लेख गरेको छ ।

साथै एकातिर हामीले हाम्रा दिवंगत आत्माहरूमा भावपुर्ण श्रद्धान्जली अर्पण गर्ने र हाम्रा पितृहरू प्रति स-आदर सम्मान गर्दै आएको हाम्रो उच्च परम्परालाई पनि जगेर्ना गर्ने दायित्व हामीमा छ भनेको छ । त्यसै गरि अर्को तर्फ, हामीले परापुर्वकाल देखि नै परम्पराको रूपमा मनाउंदै आएका हाम्रा महान चाडपर्व एवम् संस्कृतिहरूलाई संरक्षण गर्दै हाम्रा भावी सन्ततीहरूमा हस्तान्तरण गर्नै पर्ने जिम्मेवारी पनि हामीमै निहित छ भनि जोड दिएको छ ।

अत: समयक्रमको वदलिदो परिस्थिति अनुसार हाम्रा यी परम्परागत मूल्य, मान्यता, आस्था, संस्कृति, चाडपर्व एवम् जीवनशैलीहरूलाई समय सापेक्ष ,व्यावहारिक र सहज पार्दै जानुपर्ने जनाएको छ । र ,अगाडी भनेको छ ,आवश्यकता अनुसार परिमार्जन पनि गर्ने पर्ने अवस्था महसुस गरी हामीहरूले परंपरागतरूपमा मानि आएका पुण्य तिथीहरू र हाम्रा चाडपर्व र संस्कृति सवैलाई उत्तिकै महत्व प्रदान गर्दा मात्र हामी हाम्रो धार्मिक एवम् सांस्कतिक पहिचान संरक्षण गर्न सक्छौं भन्ने निष्कर्षमा हामी पुगेका छौं भनि निर्णय पारित गरेको छ ।

उक्त बैठक वैठकमा समाजका अध्यक्ष कपिल मुनी सिटौला ,मेरीलैंड ,सह अध्यक्ष : कविन्द्र सिटौला, भर्जिनियां सह अध्यक्ष : इश्वर सिटौला, क्यालिफोर्नियां,सह- अध्यक्ष : चेतन सिटौला , भर्जिनियां, सचिव: याम कुमार सिटौला, भर्जिनियां ,कोषाध्यक्ष : मोहन कुमार सिटौला,भर्जिनियां ,सदस्य: शंकरप्रसाद सिटौला,भर्जिनियां सदस्य : प्रेम सिटौला,क्यालिफोर्नियां,सदस्य: अनिता ढकाल सिटौला,भर्जिनियां,सदस्य : शंकर प्रसाद सिटौला,टेक्सास,सदस्य तथा सनद सिटौला, नोर्थ क्यारोलिनाको उपस्थिति रहेको थियो ।

यसै गरि संरक्षक: पद्मादेवी सिटौला, हाल: टेक्सास,धार्मिक एवम् सांस्कृतिक सल्लाहकार : पंडित, भिमराज शर्मा कोइराला , भर्जिनियां,प्रमुख सल्लाहाकार : वरिष्ठ प्राध्यापक, मोहन सिटौला, टेक्सास, किरण सिटौला, उप मेयर, टाउन अफ इण्डियन हेड, मेरीलैंड,टिका सिटौला, सिटौला वंशावली संकलक वन्धू, कोलोराडो को उपस्थिति रहेको थियो ।

साधारण सदस्यहरूमा भुवनेश्वरी सिटौला , टेक्सास,चैतन्य सिटौला, पेन्सिलभेनियां,इश्वरी सिटौला,पेन्सिलभेनियां,खगेश्वरी सिटौला, मेरीलैंड,नगेन्द्र सिटौला, भर्जिनियां,रन्जिता सिटौला, भर्जिनियां तथा कांशीकुमारी फूंयल सिटौलाको उपस्थिति रहेको थियो ।

साथै समाजले सिटौला वन्धू वान्धव एवम् नातेदारहरूमा सन्निकट विजया दशमी, दिपावाली एवम् छठ पर्वको पावन अवसरमा शुभकामना दिएको छ

प्रतिक्रिया