गायक सुशन सीको स्वरमा रहेको आइ एम ट्रयाप बोलको गीतको भिडियो सार्बजनीक

इनेप्लिज २०७५ असोज ३० गते २३:३९ मा प्रकाशित

गायक सुशन सीको स्वरमा रहेको आइ एम ट्रयाप बोलको गीतको भिडियो सार्बजनीक गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनलाइ फिचर गरिएको छ । गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियो लाइ राजु कानले निर्देशन गरेका हुन् । कृष्ण सुबेदीले छायांकन गरेको भिडियोलाइ प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

हालसालै सम्पन बक्स अफिस म्युजिक अवार्डमा बेस्ट भिडियो निर्देशक डायोस्पोरा र बेस्ट मोडल डायोस्पोरा जित्न सफल राजु कान अस्ट्रेलियामा रहेर नेपाली म्युजिक भिडियो निर्देशन र अभिनयमा सक्रिय छन् ।

प्रतिक्रिया