शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:३७
वासिङटन डिसी 23:52

सिर्जनशील नेपाली समाज ह्युसटन टेक्सस द्वारा दशैं – तिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ असोज ३० गते २१:४६ मा प्रकाशित


सिर्जनशील नेपाली समाज ह्युसटन टेक्सस ले दशैं – तिहार शुभकामना आदान-प्रदान कार्यक्रम यहि अक्टोबर १३ मा भव्य रुपमा सम्पन्न गरेको छ सिर्जनशील नेपाली समाज संस्थाका अध्यक्ष गंगा शर्माको अध्यक्षता र सचिब कृष्ण न्यौपानेको संचालन एवं उपाध्यक्ष गीता आचार्यको स्वागत मन्तव्यबाट प्रारम्भ उक्त कार्यक्रममा बिशेष अतिथि संस्थाका संस्थापक अध्यक्ष उमापति भुसाल रहनुभएको थियो भने अतिथिहरुमा NHU का अध्यक्ष चण्डी भण्डारी, NHU कै उपाध्यक्ष तुलसी बस्याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युसटन का साधना लुइँटेल, प्रोफेसर  आर सि काफ्ले, विजय झा,सल्लाहकार तथा  स्पोन्सर मिन विक्रम शाह रहनु भएको थियो।

करिब साँझ ७ बजे सुरु भै रातको १२ बजेसम्म चलेको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले संस्थाको प्रशंसा गर्दै चाड पर्वहरुको शुभकामना दिनुको साथै संस्थाको तर्फबाट CECA संयोजक सुशीला आचार्य , सल्लाहकार बिष्णु त्रिपाठी ,सल्लाहकार घनश्याम अर्याल ,सल्लाहकार बालकृष्ण बानिया लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यस्तैगरी सामुहिक नेपाली राष्ट्रिय गानबाट कार्यक्रम अगाडी बढ्ने क्रममा कार्यक्रम अध्यक्षले मैनबत्ती बालेर कार्यक्रम उद्घघाटन गर्नुभयो ।कार्यक्रमको अवसरमा सिनियर र जुनियर गरि दुई चरणमा नृत्य प्रतियोगिताका साथै बैबाहिक जोडी नाच प्रस्तुत गरि उपस्थित जन समुदायलाई भरपुर मनोरंजन प्रदान गरिएको थियो  ।त्यस्तै गरि बसिल अर्याल लगायतका कलाकारबाट नाटक प्रस्तुत हुनुका साथै संस्थाका पूर्व सचिब सतिश त्रिपाठीद्वारा मन छुने गजल वाचन गर्नु भएको थियो । कार्यक्रमको अर्को आकर्षण Raffle Lucky Draw पनि संचालन भएको थियो।

समुदायकै ज्येष्ठ उमानाथ पाठकलाई दोषल्ला र कदरपत्रसहित सम्मान गर्दै बिशेष अतिथि संस्थाका संस्थापक अध्यक्ष उमापति भुसालले मन्तव्यको क्रममा सिर्जनशील नेपाली समाज सबै नेपाली भाषीहरुको साझा चौतारी भएको र स्थापना कालदेखि नेपाली जनसमुदाय र नेपाली संस्कृतिको जगेर्नामा लागेको तथा आगामी दिनहरुमा पनि निरन्तर लाग्ने बताउनु भयो  । साथै उहाँले अब भौतिक पूर्वाधारको विकास गरि संस्था लाई दिगो बनाउने प्रयास भैरहेको बताउनु भयो  । कार्यक्रमको करिब अन्तमा संस्थाका अध्यक्ष गंगा शर्माले हामी आत्मनिर्भाराताकसाथ अगाडी बढिरहेका छौं , हामीमा भावनात्मक एकता रहेको छ भन्नु हुदै संस्थाको निरन्तरताका साथै बिगतका योजना कार्यन्वयन गर्दै आगाडी बढ्ने बताउनु भयो  कार्यक्रममा संस्थापक मध्येका उदय छेत्री, प्रकाश कंडेल लगायतका बरिष्ठ व्यक्तित्वको उपस्थिति थियो  । कार्यक्रममा डिनरको व्यवस्था पनि रहेको थियो भने उक्त कार्यक्रममा ३०० बढीको उपस्थिति थियो ।

प्रतिक्रिया