अमेरिकाको १ सय ३२ बर्ष पुरानो प्रभावशाली खुद्रा बिक्रेता पसल “सियर्स” टाट उल्टेको घोषणा
अमेरिकाको बजारमा आफ्नो पकड र विस्तार व्यापक फैलाएर निरन्तर संचालन गरि रहेको “सियर्स” ले टाट उल्टेको घोषणा गर्दै दर्ता गराएको छ । अमेरिकाको प्रतिस्प्रद्धात्मक बजारमा कैयौ बर्ष देखि संघर्ष गर्दै आएको शसक्त १ सय ३२ बर्ष पुरानो प्रभावशाली खुद्रा बिक्रेता पसल “सियर्स” टाट उल्टेको घोषणा गर्न बाध्य भएको छ ।
गत अक्टोबर १५ तारिख सोमबारका दिन आफू माथि परेको १ सय ३४ अर्ब डलर ऋण भुक्तानी भुक्तान गर्न असमर्थ भयो । वर्तमान अवस्थामा एमजोन तथा वालमार्ट संग प्रतिस्प्रद्धामा उत्रिन नसके पछि खरानीको तालमा पुगेको दर्ता गराएको छ । गत सोमबार न्यूयोर्कको संघीय अदालतमा गराएको छ ।
खरानीको तालमा पुगेता पनि मुनाफा भै रहेका संचालनमा रहेका सियर्स तथा केमार्ट पसल निरन्तरता रहने बताएको छ । ७ सय पसलहरु खुला रहने र ६८ हजार कर्मचारी कार्यरत छन् ।
यो बर्षको अन्त्यमा १ सय ४२ वटा खुद्रा पसल बन्द गर्ने घोषणा समेत गरेको छ । अर्को महिना भित्र ४६ वटा पसल बन्द गर्ने भएको छ । सियर्सका प्रमुख कार्यकारी अधिकारी (सीईओ )एडी लामपर्ट सीईओ नरहने र अब देखि ३ वटा संस्थाका उच्च कार्यकारीले संचालन गर्ने छन् भनि संस्थाले वक्तब्य जारी गरि उक्त कुरा जनाएको छ ।
बिक्री दिनहु घट्दै जानु ,ऋण माथि ऋण थपिने र सँस्था संग नगद बिलय भएको अवस्था आफ्ना बहुमूल्य सम्पत्तिका धेरै बेचेको छ । बाच्नको लागि यसले आफ्ना विशाल अचल सम्पत्ति बेच बिखन समेत गरेको छ । हरेक महिना १ सय २५ लाख डलर घाटा ब्यापार रहेको जनाएको छ ।
सन् २०१० देखि अहिले सम्म ११.७ अर्ब डलर घाटा लागेको छ भने बिगत १३ बर्ष देखि २८ सय पसलहरु बन्द गरिएको छ । अमेरिका कै सर्बाधिक बृहत तथा सबै भन्दा ज्यादा कर्मचारी भएको संस्थाको रुपमा रहेको थियो ।
सन् १८८६ मा स्थापित सियर्स पहिलो पटक उत्तर रेडवुड ,मिनेसोटा त्यस पछि सिकागोमा सन् १८८७ मा सरेको थियो । सन् २००५ मा सियर्स के मार्ट खुद्रा पसल संग बिलय भएर सियर्स होल्डिंगमा रुपान्तरण भएको थियो । त्यो समयमा ३५ सय वटा खुद्रा पसल अमेरिका भर रहेका थिए भने हाल आएर ९ सय वटा मात्र खुद्रा पसल रहेका छन् ।
गत जुलाईमा आफ्नो गृह नगर सिकागोमा अन्तिम खुद्रा पसलहरु बन्द गरेको थियो भने गत अगस्त महिनामा ४६ वटा पसल बन्द गरेको थियो । गत फेब्रुअरीमा यसका ८९ हजार कर्मचारी रहेका थिए भने सन् २००६ मा यसका ३ लाख १७ हजार कर्मचारी रहेका थिए भनि सीएनएन मा समाचार छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया