जन सम्मान समितीको आयोजना दशै कार्यक्रम भव्यतासाथ सम्पन्न

गोविन्द सिह दिल्ली २०७५ असोज ३० गते १६:०१ मा प्रकाशित

 

नेपालीहरूको महान चाड बडा दशै र दिपावली को शुभ अबसरमा जन सम्मान समितिको आयोजनामा दशै विशेष  कार्यक्रम भब्यता का साथ सु सम्पन्न  भएको हो। प्रवासमा छरिएर बस्नु भयेका  सम्पुर्ण  नेपालीहरु एकै ठाँउ मा जमघट गराएर  उक्त कार्यक्रम  सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा  विशेष भुमिका जन सम्मान समिति आयोजक हरुलेनै निर्बाह गर्नु भएको थियोे हरिश बि.क अध्यक्षतामा र हर्क बि.क सचिव,कमल बि.क उपाध्यक्ष,जगदीश बोहरा कोसा अध्यक्ष, जनक बोहरा  सह सचीव र महिला तर्फ पसुपती बि.क सदस्यता मा कार्यक्रम शुरु भएको थियो। भने उदघोश्क को भुमिका हाम्रो सोच हाम्रो भबिस्य का सचिब हसिन थापाले गर्नु भएको थियो र उहा लाई निकै सपोर्ट गर्नु भएको थियो हाम्रो सोच हाम्रो भबिस्य कै सल्लाहकार असोक सार्कीले गर्नु भएको  थियो। 

र उक्त कार्यक्रम मा नेपाल बाट आएका चर्चित कलाकार गायक महेश कुमार औझी र  गायिका रेखा जोशीले सम्पुर्ण दर्शहरु लाई देउडा खेलाउनु का साथ-साथै  प्रदेशीहरु को  पिडामा आधारित  लोक देउडा गाएर सम्पुर्ण दर्शक हरु को मनलाई जितेर स्टेज लाई नै हल्लाउनु भएको थियो।

कार्यक्रम गृह कल्याण समाज सदन राजा बजार डि आई जेड सेक्टर ४ गोलमार्किटमा अक्टुबर १४ तारिखका दिन कार्यक्रम सु- सम्पन्न गरिएको थियो। थुप्रै  स्थानीय कलाकारहरु र फलो फिस्टा डान्स ग्रुप दिल्लि को बेजोड प्रस्तुती समेत रहेको थियो। सुखदुःख  साटासाट गर्नु का साथ साथै शुभकामना आदान-प्रदान कार्यक्रम पनि  भएको थियो ।

प्रतिक्रिया