बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:५८
वासिङटन डिसी 18:13

कलिउड नाइट २०१८ का स्वयम् सेवक तथा कलाकारहरु सम्मानित ,नेपाली संघ/संस्थाले सिक्नै पर्ने पाठ

खर्च कटाएर चितवन स्थित चेपांग समुदायलाई केही रकम प्रदान गर्ने

विजय थापा २०७५ असोज ३० गते १२:४७ मा प्रकाशित

तस्बिर :विजय श्रेष्ठ ,कार्यक्रमको आयोजना गर्ने घोषणाको प्रारम्भ देखि कार्यक्रममा कुनै भाषण नगरिने ,सम्मान नगरिने ,खादा नलगाइने र केवल मनोरंजन मात्र प्रस्तुत गरिने प्रतिबद्धता कलिउड नाइट २०१८ ले पूर्ण रुपमा पालना गरेको छ । ईमान्दारिता प्रस्तुत गर्न सफल भएको छ ।

तर अर्को उपयुक्त दिन कलिउड नाइट २०१८ मा प्रस्तुत गर्ने अमेरिकाका जन्मेका दोश्रो पुस्ताका बालबालिका ,कलाकार,स्वयम् सेवक ,संचार माध्यम ,अहोरात्र खट्ने पदाधिकारी ,पर्दा पछाडी काम गर्ने व्यक्तिहरुलाई एक कार्यक्रम बीच सम्मान गर्दै प्रसंशा पत्र बितरण गरिएको छ ।

गत अक्टोबर १४ तारिखका दिन आयोजना गरिएको सम्मान कार्यक्रममा कलाकार,दर्शक ,अभिभावक तथा स्वयम सेवकहरुसंग कलिवुड नाइट २०१८ को बारेमा सुझाव तथा सल्लाह लिइएको छ । राय परामर्श दिने सबैले कलिवुड नाइट अत्यन्तै सफल भएको ठहर गर्दै कार्यक्रम आयोजना गर्दा देखिएका कमि कमजोरी र आगामी दिनमा गर्न सकिने सुधारको लागि पनि सुझाव दिएका छन् ।

आयोजकको तर्फबाट कलिवुड नाइटका संस्थापक नविन केसी ,नायक सरोज खनाल ,नायिका सारंगा श्रेष्ठ ,कलाकार किरण प्रताप केसी ,अभिभावकको तर्फ बाट गुणराज लुइँटेल (ईन्जा का अध्यक्ष ,पत्रकार ) लगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।

 

कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर चितवन स्थित चेपांग समुदायलाई केही रकम नायक सरोज खनाल मार्फत प्रदान गर्ने कुरा नविन केसीले जानकारी गराएका छन् । साथै अभिनेता खनालले उक्त रकम हस्तान्तरण गर्दा संचार माध्यम लाई बोलाएर प्रदान गर्ने समेत बताए ।

नायिका सारंगा श्रेष्ठले आफू ६ बर्ष पछि मंचमा आएको भन्दै आफूलाई हौशला प्रदान गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । हरेक कार्यक्रममा भाषण नै हुनु पर्ने ,खादा ओढाउनु पर्ने तथा सम्मान गर्नु पर्ने भन्ने कुरा गौण भएको छ । र यसलाई समुदायले निकै प्रशंसा गरेका छन् ।

आयोजकले दृढ संकल्प गरे के हुदैन भन्ने उदाहरण केसी डान्स सेन्टरद्वारा आयोजित गत अक्टोबर १३ तारिख डिसी क्षेत्रमा सम्पन्न कलिवुड नाइट २०१८ ले सबै नेपाली संघ/संस्थाको मुखमा बुझो लगाई दिएको छ । प्रारम्भ देखि कार्यक्रममा कुनै भाषण नगरिने ,सम्मान कार्यक्रम नगरिने ,कुनै खादा नलगाइने र केवल मनोरंजन मात्र प्रस्तुत गरिने प्रतिबद्धता कलिउड नाइट २०१८ ले पूर्ण रुपमा पालना गरेको छ । समय मै सुरु हुने र समयमा नै समापन हुने प्रतिबद्धता कार्यन्वयन गरि आयोजकले प्रस्तुत गरेका छन् ।

गत अक्टोबर १३ शनिबार केसी डान्स सेन्टर द्वारा प्रस्तुत कलिवुड नाइट २०१८ मा अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालिकाहरु तथा महा-आमाहरुको बेजोड प्रस्तुति साथ भब्य सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नायक सरोज खनाल ,कलाकार किरण प्रताप केसी तथा कलाकार रिमा केसी द्वारा प्रस्तुत गरिएको बिशेष नाटक चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया