एनओए द्वारा इन्द्र जात्राका स्वयम् सेवकलाई सम्मान तथा इन्द्र जात्राको समिक्षा

विजय थापा २०७५ असोज ३० गते ११:४० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा गत अक्टोबर ६ तारिखमा भब्य रुपमा सम्पन्न येन्या पुन्ही (इन्द्र जात्रा) भएको लगत्तै इन्द्र जात्रालाई सफल बनाउन अहोरात्र खट्ने स्वयम् सेवक ,पदाधिकारी तथा कलाकारहरुलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

साथै आगामी दिनमा उक्त इन्द्र जात्रालाई कसरी समुदायको ज्यादा भन्दा ज्यादा सहभागिता जनाउने र अझ राम्रो गर्ने भन्ने बिषयमा छलफल भएको छ । उपस्थित भएका स्वयम् सेवक ,कुमारीको रथ बनाउन अहोरात्र खट्ने बिभिन्न व्यक्तित्वहरु ,प्रायोजक ,संचार माध्यम ,कलाकार ,पदाधिकारीका पृष्ठ पोषण (फिड ब्याक ) लिइएको छ ।

अनौपचारिक रुपमा आयोजना गरिएको उक्त स्वयम् सेवक सम्मान तथा समिक्षा कार्यक्रमको अध्यक्षता संस्थाका सभापति पुस्कर प्रजापतिले गरेका थिए । कलाकार ,पदाधिकारी ,प्रायोजक ,संचारकर्मी ,स्वयम् सेवक तथा अन्यले सल्लाह तथा सुझाव दिएका थिए । संस्थाले आफ्ना कमि कमजोरीहरुलाई सुधार्ने र सबैको कुरालाई मनन गर्ने बताएका थिए ।

काठमाडौँ उपत्यकाको जस्तै गरि अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथमा राखेर हर्सौल्लास साथ बर्ष १०१८ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको थियो । ८ औ येन्या पुन्ही (इन्द्र जात्रा) मा १० अवतार सहित पहिलो पटक कुमारीको रथको प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ( बिद्या वारिधि )रहनु भएको थियो ।

इन्द्र जात्रामा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाईएको थियो भने उक्त कार्यक्रममा नेपालको जस्तै गरि लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य प्रस्तुत गरिएको थियो l

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया