अनेसास पर्थ च्याप्टरको दशै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ असोज ३० गते २:१४ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य सामाज पर्थ च्याप्टरको बिजया दशमी २०१८ को शुभकामना आदान प्रदान तथा साहित्यिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । बडा दशैको अवसरमा बर्जुड पार्कमा आयोजित उक्त कार्यक्रममा अनेसास पर्थ च्याप्टरका अघिल्ला कार्य समितीका पदाधिकारीहरुलाई सम्मान तथा बिदाइ र नयाँ कार्य समितीका सदस्यहरुलाई स्वागत समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एल बि क्षेत्रीद्वारा साहित्यकारको तस्वीरमा पुष्प अर्पितगरि कार्यक्रम उद्घाटन पछि अनेसास पर्थ च्याप्टर (२०१५-२९१८ ) का गणेश घिमिरेको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेकोमा र अनेसास पर्थ च्याप्टर (२०१८ -२०२० )का लागि नीरज छेत्रीको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई आगामी कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न शुभकामना दिइएको थियो।

पर्थ च्याप्टरका निवर्तमान अध्यक्ष गणेश घिमिरेलाई उहाँको कार्यकालको उच्च मुल्यांकन गर्दै उहाँले सफलता पुर्वक आफ्नो कार्यकाल पूर्ण गरेकोमा र अनेसास केन्द्रीय समितिको महासचिव जस्तो सम्मानित पदमा निर्वाचित हुनु भएकोमा बिभिन्न अतिथिहरु, नावा, एनआरएनए अस्ट्रेलिया, नेपाली भाषा पाठशाला लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

सोही समारोहमा नेपालमा हालै प्रकाशित कवि तथा कथाकार गणेश श्रवणको लघुकथा ‘गुलियो काठमान्डू’ तथा कवि ऋषि बरालका दुई कृति मुक्तकसंग्रह ‘पैतालाका डोबहरू’ र हाईकुसंग्रह ‘फुजिको फेद‘ को पर्थ सार्बजनिकिकरण समेत गरिएको थियो ।

कार्यक्रममा कविता वाचन, सहभागी स-साना बालबालिकाहरुलाई बिजया दशमीको उपहार वितरणसंगै बडा दशैको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको संचालन अनेसास पर्थ च्याप्टरका उपाध्यक्ष हरि अधिकारीद्वारा गरिएको थियो भने अनेसास पर्थ च्याप्टर की सदस्य देवकी थानीले मीठा शब्दसुमनसंगै कार्यक्रममा उपस्थित सम्पूर्ण सहाभागीहरूलाई स्वागत गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पछि – बार्बिक्यु र भोजन सहित उत्साहका साथ कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया