बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:४०
वासिङटन डिसी 17:55

दशैं तिहार म्यूजिक भिडियो

इनेप्लिज २०७५ असोज २९ गते २१:१९ मा प्रकाशित

 

साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको दसैं गीतको म्युजिक भिडियो निर्माण भएको छ। गायक अर्जुन सुनामको स्वर र झलक संगितम् को संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनि विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।

आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस गीत अमेरिकामा सुटिड. गरिएको हो । काठमाडौंबाट सूचना प्रविधिको प्रयोग अधिकतम् गर्दै अनलाइन लाइभ मार्फत् यस म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका छन् । सूचना प्रविधिको विकास सँगै नयाँ प्रयोग गरेको निर्देशक हेम प्रभास बताउँछन् । नयाँ प्रयोगमा सफल भएको र आगामी दिनमा अन्य गीतका भिडियोहरूको निर्माण पनि यसै गरी गर्ने योजना रहेको बताउँछन् । एकान्त मगरको सम्पादन तथा नेजि सुनामको प्रोड्युसन रहेको गीतको छायाड.कन वरिष्ठ फोटोग्राफर राजिब श्रेष्ठले गरेका छन् । परदेशीलाई दशैं तिहार रुवाउने बाटो

घरी घरी दुख्छ मन खुशी हुनको साटो !

एक्लो पन छ उदासीन छ हेर्छु जताजता

मेरो दशैं उतै छुट्यो म मात्र छ यता !

! यस्तै मार्मिक र सशक्त गीतहरू लेख्दै आएकी सुबिसुधाका अन्य दर्जनौं गीतहरू रेकर्ड भएका छन् भने एक दर्जन बढि कथा, गजल, कविता विविध विधाका पुस्तकहरू प्रकाशित छन् । नेपाली भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्ने क्षमता लिएर केवलपुर, धादिड.मा जन्मिएकी गीतकार सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्य स्थित फेडरिक्सवर्ग शहरमा स्थायी बसोबास गर्दै आएकी छिन् ।

प्रतिक्रिया