ग्लोबल स्टेम स्कलर्स कार्यक्रममा नेपालका बैंक तथा बिद्यार्थीहरुको सक्रिय सहभागीता

इनेप्लिज २०७५ असोज २९ गते ११:३५ मा प्रकाशित

विजय थापा ,नेपालबाट विज्ञान तथा प्रविधि सिक्न अमेरिका आएका हिमालयन व्वाईट हाउस बिश्व विद्यालयका बिद्यार्थी तथा सहकारी बैंकका प्रतिनिधिहरुले ग्लोबल स्टेम स्कलर्स कार्यक्रममा सहभागिता जनाएका छन् ।

गत अक्टोबर १२ तारिखका दिन प्रमाण पत्र बितरण कार्यक्रममा सहकारी बैंक तथा बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दी बिदा गरि कार्यक्रम समापन गरियो ।

आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था)को आयोजनामा गत अक्टोबर ७ देखि १३ २०१८ सम्म अमेरिकामा संचालन भएको बेङ्किङ्ग लिडरशिप कार्यक्रममा बैंकले सहभागिता जनाएको छ । साथै बैंकको तर्फवाट बैंकको सदस्य संस्थावाट १५ जना प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रतिनिधिहरुले आधुनिक सहकारी बैंकिंग प्रणाली तथा विश्वमा भएका आधुनिक सहकारी सिद्धान्तका तालिममा सहभागिता जनाएका छन् ।

नेपाल बाट आएका बैंकका प्रतिनिधि तथा बिद्यार्थीहरुले अमेरिकाका विभिन्न राज्यको भ्रमण समेत गरेका छन् । उक्त प्रमाण पत्र वितरण कार्यक्रममा बिद्यार्थीहरुको तर्फबाट आफ्ना अनुभव ,अमेरिका भ्रमणमा देखेका र नेपालमा पढाइने शैली तथा अमेरिकामा व्यवहारिक ज्ञानको अध्ययन गराईने प्रणाली बारेमा संक्षिप्त कुरा सुनाएका थिए । यसै गरि सहकारी बैंकका प्रतिनिधिले पनि भ्रमण अत्यन्तै फलदायी,अमेरिकाले गरेको विकास तथा प्रणाली फरक पाएको आदी ईत्यादी कुराको बारेमा चर्चा गरेका थिए ।

बिद्यार्थी तथा बैंकका सहभागी भएका सबैलाई प्रशंसा पत्र नेपालका लागि पूर्व राजदुत स्कट ड़ेलेसी ,नेपाली राजदुताबासका आर्थिक सल्लाहकार कैलाश राज पोखरेल लगायतले बितरण गरेका थिए । साथै परियोजनालाई सहयोग गर्नेलाई समेत मायाको चिनो बितरण गरिएको थियो ।

आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था) अमेरिका स्थित आफ्नो कार्यालयवाट क्षमता विकास, कार्यकारी शिक्षा, मानव संसाधन विकास, संस्थागत सुशासन र सबलीकरण लगायतका विषयबस्तुमा अन्तर्राष्ट्रिय स्तरका तालीम तथा सेमिनार संचालन गर्ने संस्था हो ।

ग्लोबल स्टेम स्कलर्स कार्यक्रम आईडिआई को कार्यक्रम हो भने आईडिआई र अमेरिका कै ख्याती प्राप्त जर्ज मेसन बिश्व बिद्यालय सँग यो परियोजना को लागि सम्झौता गरेको छ । हिमालयन व्वाईट हाउस बिश्व विद्यालयका बिद्यार्थीहरुले जर्ज मेसन बिश्व बिद्यालयमा पनि सहभागिता जनाएका छन् । र बिद्यार्थीहरुले आफूले सिकेका कुराहरुको प्रदर्शन चित्र(पोस्टर) हरु बनाएका थिए ।

कार्यक्रममा सहकारी बैंक तथा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तुति आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था)का संस्थापक सुमन तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया