काभ्रेमा ‘एक्सन फर सोसल चेन्ज’को शाखा उद्घाटन

इनेप्लिज २०७५ असोज २९ गते १०:५५ मा प्रकाशित


लागुऔषध तथा दुर्व्यसनीबाट हुने बेवारिसे मृत्यु रोक्न काभ्रेमा ‘एक्सन फर सोसल चेन्ज’को शाखा उद्घाटन

७७ जिल्लामा शाखा खोलि मदिरमुक्त समाज निर्माणको लागि बस्नेतको अभियान सुरु

काभ्रे: ७७ वटै जिल्लामा शाखा खोल्ने अभियानअन्तर्गत सामाजिक संस्था वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले आफ्नो पहिलो शाखा उद्घाटन गरेको छ । शनिवार काभ्रेको स्थानिय चौरी देउराली गाउँपालिका पुरानो बजार गुम्पाटीमा नेपाल महिला संघको केन्द्रिय सदस्य निरु निर्मला खड्का बास्ताकोटीको प्रमुख अतिथ्यमा एक कार्यक्रम गर्दै औपचारिक रुपमा शाखा कार्यालय उद्घाटन गरेको हो। दाम्छेइ सहकारीका अध्यक्ष समेत रहेका स्थस्निय युवा समाजसेवी समीर स्याङ्बो (च्याङ्बा) को अध्यक्षतामा शाखाको कार्यकारी तदर्थ समिती समेत गठन भएको छ ।

काभ्रेको गुम्पाटीमा खोलिएको शाखाबाट लागुपदार्थ दुर्यव्यसनि बिरुद्ध बिद्यालयमा स्थानियको सहकार्यमा प्रहरी प्रशासन सहितप्रत्यक महिना चेतनामुलक कार्यक्रम राखिने साथै बेवारिसेहरुको व्यवस्थापनसम्बन्धि काम हुने संस्थाका अध्यक्ष बिनयजंग बस्नेतले जानकारी दिए। स्थानीयवासी, प्रहरी प्रशानन, नागरिक समाज, सामाजिक अभियन्ता, स्थानिय निकाय, प्रशासन,बुद्दिजिबी विद्यार्थी, युवा महिला लगाएत सबै गाउँवासी शाखा कार्यालय स्थापना पछि हर्षित भएका छन।

२०० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा दुर्व्यसनरहित समाज निर्माणका लागि बिनयजंग बस्नेतले गरेको कामको सर्हाना गर्दै प्रमुख अतिथि बास्ताकोटीले महिलाहरुले दुर्व्यसनरहित समाज निर्माणको लागि अग्रणी भूमिका खेल्न सक्ने जनाइन । पछिल्लो समय महिलामा समेत बढ्दै गरेको लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न महिलाहरु सचेत हुनुको साथै एकजुट भएर दुर्व्यसनीबिरुद्ध जनचेतनामुलक कार्यक्रममा लाग्नुपर्ने बताइन ।

कानुनविद राजेश महर्जन, सामजिक अभियन्ता गंगाराम रिजाल महिला स्थानिय समाजसेवी लाल माया लामा, पदम लमा, लैनो दाजु, पुर्ब प्रधानपंच पदम लामा, उप प्रधान पन्च समीर लामा सहित कार्यक्रममा उपस्थित विभिन्न तह र तप्काका अतिथिहरुले बिनयजंग बस्नेतले गरेको कामको खुलेर प्रसंशा गरेका थिए। स्थानीय समाजसेवी समिर स्यान्ग्वोले आफ्नो गाउँपालिकामा शाखा उदघाटन गर्न पाउँदा हर्षित भएको बताउदै घरेलु मदिरा नष्ट गर्ने र मदिरामुक्त समाज निर्माणमा हातेमालो गरेर अगाडी बढ्ने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले बिगत लामो समय देखि शाखा उद्घाटन गर्न खोजेतापानी विविध कारणवश शाखा खोल्न नसकेकोमा काभ्रेमा औपचारिक रुपमा शाखा उद्घाटन गर्न पाउँदा हर्षित तुल्याएको बताए। उनले दुर्व्यसनले मानिसलाई सडकमा बेवारिसे अवस्थामा पुर्याउने हुँदा दुर्व्यसनीमुक्त समाज निर्माण गर्न सके बेवारिसेहरु सडकमा मृत्युवरण गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे।

अध्यक्ष बस्नेतले तिहार लगत्तै काभ्रेको कोशीपारीमा २ रोपनी जग्गामा सडकमा रहेका बेवारिसेहरुलाई राख्नको लागि आश्रम बन्ने जानकारी दिए । काभ्रेमा बेवारिसे व्यक्तिहरुको लागि आश्रय स्थलको साथै उपचार केन्द्र समेत बन्ने उनले बताए । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले २३ जिल्लामा शाखा खोलि अनौपचारिक रुपमा सामाजिक कार्य गर्दै आएको छ। काभ्रेको गुम्पाटीमा भने औपचारिक रुपमा पहिलोपटक शाखा उद्घाटन भएको हो।

प्रतिक्रिया