कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति ,अभिनेता सरोज खनाल लगायतको नाटक प्रस्तुतिले दर्शक भावबिभोर

विजय थापा, वाशिंगटन डिसी २०७५ असोज २८ गते १२:३० मा प्रकाशित

गत अक्टोबर १३ शनिबार केसी डान्स सेन्टर द्वारा प्रस्तुत कलिवुड नाइट २०१८ मा अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालिकाहरु तथा महा-आमाहरुको बेजोड प्रस्तुति साथ भब्य सफलतापूर्वक सम्पन्न भएको छ ।

"कलिवुड नाइट २०१८" को प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Enepalese on Saturday, October 13, 2018

नायक सरोज खनाल ,कलाकार किरण प्रताप केसी तथा पहिलो पटक अभिनय गरेकी कलाकार रिमा केसी द्वारा प्रस्तुत गरिएको बिशेष नाटकले निकै प्रशंसा पाएको छ भने प्रस्तुतिमा दर्शकहरु भावबिभोर भएका थिए ।

अमेरिका आएको छोरालाई स्थाई आवासीय पत्र ( ग्रिन कार्ड)प्राप्त गरे पछि खुसिले नेपाल कुरा गर्दै जाँदा नेपाल भूकम्प जाँदा आमाको मृत्यु भएको अवस्थामा आमाको मुख हेर्न नेपाल जान नपाएको ,अमेरिका आएका नेपालीहरुले नछोडेका कु-संस्कार ,आचरण आदि बारेको व्यंग्य , नेपालमा रहेका बैनी र घाइते बुवाले अर्ति उपदेश दिएको चित्रण गरिएको थियो । उक्त नाटकको कथा स्वयम् अभिनेता खनालले लेखेका हुन् ।

सुपर मम को बेजोड प्रस्तुति :कलिवुड नाइट २०१८"

Posted by Enepalese on Saturday, October 13, 2018

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दशैँ तिहारको सामूहिक प्रस्तुति सर्बो त्कृष्ट रहेको थियो । साथै अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालिकाहरु जो नेपाली भाषा सम्म बोल्न अकमकाउने र गाह्रो मान्ने ले समेतले नेपाली गीतहरुमा ६ महिना देखि मेहनत गरेको प्रस्तुति उत्कृष्ट रहेको थियो ।

अमेरिकामा जन्मेका बालिकाहरु प्रस्तुत गर्दै “कलिवुड नाइट २०१८"मा :

Posted by Enepalese on Saturday, October 13, 2018

कलिउड नाइट २०१८ मा हेर्न लायक विशेष प्रस्तुति तथा आकर्षण भनेको महा-आमा (सुपर मम )को प्रस्तुति अत्यन्तै व्यवसायिक रुपमा ब्यबसायिक कलाकारहरुले प्रस्तुत गरे झैँ उक्त प्रस्तुति बेजोड रहेको थियो । डिसी क्षेत्रमा बसोबास गर्दै आएका आमाहरुले एकै किसिमको फरिया लगाई गरिएको प्रस्तुति उत्कृष्ट रहेकोले दर्शकहरुले भब्य ताली द्वारा सम्मान गरेका थिए l

"कलिवुड नाइट २०१८" मा सारांगा श्रेष्ठ तथा नवीन केसीको बिशेष नाच प्रस्तुति :

Posted by Enepalese on Saturday, October 13, 2018

नायिका सारंगा श्रेष्ठ तथा नायक सरोज खनाल एक साथ आफ्ना पुराना गीतमा नृत्य प्रस्तुति गरेका थिए । यसै गरि नृत्य निर्देशक नविन केसी र सारंगा श्रेष्ठ तथा लुना श्रेष्ठ तथा नबिन श्रेष्ठको पनि प्रस्तुति रहेको थियो ।

यसै गरि कलाकार सुनिक्षा मैनाली तथा कलाकार राहुल केसी तेजेन्द्र ,कनेक्टिकट बाट आएका नुन ,चिनी पानीका संचालक तथा कलाकार अर्जुन दाहाल ,गायिका सरिश्मा अमात्य ,संजिव प्रधान ,हास्य व्यंग्य कलाकार पुस्कर पन्त ,लोक गायक राम प्रसाद खनाल र अन्य स्थानीय अमेरिकामा जन्मेका बालिका तथा किशोरीहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सामूहिक रुपमा सुपर मम ,अमेरिकामा जन्मेका किशोरहरु ,बालिकाहरु ,नविनकेसी ,लुना श्रेष्ठहरुको प्रस्तुतिमा दर्शकहरुले कर्तल ध्वनिले सम्मान गरेका थिए ।

कार्यक्रम संचालन संचारकर्मी परसु तिमिल्सिना तथा पूर्व मिस नेपाल युएसए कि सुजिता बस्नेतले गरेका थिए l

प्रतिक्रिया