स्वस्तिकालाई ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ उपाधि

इनेप्लिज २०७५ असोज २८ गते ३:०० मा प्रकाशित

रोशन पुरी, नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । यो तेस्रो संस्करणको प्रतियोगिता हो ।स्वस्तिकाले उपाधि सहित २५ हजार रुपैयाँ, थाईल्याण्ड भ्रमण सहित विभिन्न अबसर जितेकी छिन् । उनले फोटो जेनिक मोडल र बेस्ट क्याटवाकको उपाधि पनि हाँसिल गरिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै उनी उपाधि बिजेता बनेकी हुन् ।

शुक्रबार बेलुका काठमाडौंको प्रज्ञा प्रतिष्ठान स्थित हलमा आयोजित सो प्रतियोगितामा नवोदित तथा व्यबसायिक मोडलहरुले भाग लिएका थिए । मोडलिङ सम्बन्धि विभिन्न चरणको टाक्समा उत्कृष्ट हुँदै अन्त्यमा बिजेता चयन गरिएको हो ।

आर एन्ड आर ग्रुप द्धारा आयोजित सो प्रतियोगितामा पोखरा भ्रमण लगायत विभिन्न उपहार सहित सरु श्रेष्ठले फस्ट रनरअपको उपाधि जितिन् । उनले बेस्ट पर्सनालिटी मोडलको उपाधि पनि प्राप्त गरिन् ।

यस्तै अर्की प्रतियोगी रिहाना बैद्य पपुलर मोडल सहित सेकेन्ड रनरअप घोषित भईन् । प्रतियोगितामा अन्य उपाधि तर्फ बेष्ट स्किन मनिका पौडेल, बेष्ट हेयर जेसिका बिष्ट, बेष्ट बडी अदिति कार्की, स्टालिस्ट मोडल स्मृति शाही, भिवर्स च्वाईस मोडल सञ्जिना खत्री घोषित भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, पत्रकार डब्बु क्षत्री, फोटोपत्रकार महेश प्रधान, फिट्नेस इन्स्ट्रक्टर उज्ज्वल कृष्ण श्रेष्ठ, पूजा बैध र व्युटिसियन सुलोचना श्रेष्ठ थिए ।

व्यबसायिक मोडलहरुलाई मोडलिङ पेशामा ल्याउँदै स्थापित गर्न आफुहरुले तीन वर्षदेखि यो प्रतियोगिता गर्दै आएको आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताईन् । आर एन्ड आर ग्रुपले विभिन्न समयमा आयोजना गर्ने फेशन शोमा यी मोडलहरुलाई सहभागिता गराउने पनि उनले जानकारी गराईन् ।आर एन्ड आर ग्रुपले ले बृहत रुपमा अमेरिकामा फेशन शो गर्दै अहिरहेकोमा अब आउदो बर्ष देखी क्यानडामा पनि यू एस ए र नेपालको मोडेल हरु पनि शहभागीता हुनेछन !

प्रतिक्रिया