गैरआवासीय नेपाली संघको विधानसभा भव्यतापूर्वक सम्पन्न

इनेप्लिज २०७५ असोज २७ गते १८:०२ मा प्रकाशित

गैरआवासीय नेपाली संघको विधान सभा संशोधन प्रस्ताव एवं सुझाव संकलन गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को अक्टुवर १२, २०१८ शुक्रवार काठमाण्डौंमा सम्पन्न विधान सभाले प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको हो । विधान समितिका संयोजक डा. हेमराज शर्मा र सहसंयोजक भवानी प्रसाद ओलीले प्रस्तुत गरेको विधानमाथि ७ समूहमा विभाजन गरेर छलफल भएको थियो । बिशेष गरि उपाध्यक्ष, डेलिगेट्सको छनोट, कर्मचारीको नियुक्ति र कारबाही जस्ता थुप्रै कुरा संसोधन सहित सुझाव संकलन गरिएको छ ।

यस्तै भिजन २०२० एण्ड बियोण्ड अनुरुप नै संरचना हुने र सो अनुसार युवा तथा दोश्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष रहने विषयमा सकारात्मक सुझाव प्राप्त भएको छ । विधानसभाले पास गरेको निर्णय सुझावको लागि मात्र पेश गर्न सकिने र विधान परिवर्तन गर्न विशेष साधारणसभा नै गर्नुपर्ने भएकाले विधानबाट विधानसभाको प्रावधान हटाउने भएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षको पद समेत नरहने निर्णय प्रस्ताव गरिएको छ । उपाध्यक्षको योग्यता नतोकिकनै विजेताहरु मध्येकालाई आइसीसीले नै क्षेत्र विभाजन गर्ने, २ वर्षे कार्यकाललाई नै कायम राख्ने निर्णय भएको छ । २०१७ को अर्थात वर्तमान विधानका अधिकांश प्रावधान यथावत कायम गर्नेमा सबैजना सहमत भएका छन् ।

महासचिव ,डा. बद्री केसी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ।

प्रतिक्रिया