के हाम्रो देश दोस्रो सिक्किम वा फिजी कै संधारमा हो त् ?

बालानन्द भण्डारी हाल बाल्टिमोर २०७५ असोज २७ गते १०:४७ मा प्रकाशित

इतिहासमा कतिपय देश कुनै अर्को देशमा गाभिएका (कतिले चाहेर कति हडपिएर ) भने कति अलग्गिएर छुटै देस बनेका अनि कति औपनिबेस बाट मुक्त भै स्वतन्त्र रास्ट्रको रुपमा पुन ; स्थापित | कुनै दिन भानिन्थियो ब्रिटेन को राज्यमा कहिल्ले सुर्य अस्ताउदैन अर्थात पूर्व देखि पश्चिम सम्म साम्राज्य कायम ।

पहिलेको तुलनामा हाल धेरै देसहरु स्वतन्त्र भए पनि कति अरु देस , कति छिमेकी को गिद्धे दृस्टीमा परिरहेका छन् |जसमा हाम्रो देस पनि भन्दा फरक नपर्ला , लेण्डुप दोर्जे हरु थुप्रै छन् | एउटा ले त् बिस्वको नक्सा बाट सिक्किम रास्ट्र को अस्तित्व गुमाई दिए भने यतिखेर हामी कहा त् थुप्रै छन ।

हुन् सक्छ यस्तै शंका बाट होला रास्ट्र संघमा आबद्ध पन्चशिल को सिद्धान्त अनि पछि आएर ( तत्कालिन राजा बीरेन्द्रको राज्याभिषेक को बेला ) शान्ति क्षेत्र नेपालको प्रस्ताब आयो , धेरै रास्ट्रले समर्थन गरिरहदा भारत भने मौन !

केहि बर्ष पुरानो “पश्चिम किला कांगडा पूर्वमा टिस्टा पुगेथिओं “भन्ने गीतले रास्ट्र प्रेमी नेपालीलाई झस्काउथियो , अहिले पनि । हालका दिनमा आइ पुग्दा थुप्रै जंगे पिल्लर गायब अनि थुप्रै एकड भुमि गायब भै देश खुम्चदै । स्वाभिमानी , देशप्रेमी नेपालीलाई पच्ला ? पक्कै पच्दैन | यसैलाई ध्यानमा राखेर होला “ग्रेटर नेपालको’ नारा लिएर फणिन्द्र नेपाल लागिरहनु भएको ।

यतिखेरै फेरी ‘स्वतन्त्र मधेस ” भन्दै सी के राउत हरु कुर्लदै छन् , बिडम्बना !

खुल्ला सिमाना एउटा अभिशाप भने १८१६ को सुघौली सन्धिको अस्तित्व ?

प्रतिक्रिया