सुरेन्द्र शाक्यद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ असोज २६ गते २२:२० मा प्रकाशित

पेरिस ,फ्रान्स निवासी सुरेन्द्र शाक्यद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

शाक्यले आउँदो नोभेम्बरमा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन

स्वरूप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो l सुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l

प्रतिक्रिया