बिहीबार, मंसिर २७ २०७५
काठमाडौं १०:३३
वासिङटन डिसी 23:48

पोखरामा भेटियो अर्को ठुलो गुफा ! भित्रै देखियो यस्तो संसार (हेर्नुहोस भिडियो रिपोर्टसहित)

इनेप्लिज २०७५ असोज २६ गते १०:२० मा प्रकाशित

तपाई पोखरा घुम्न आउनुभएको छ या पोखराबासी हुनुहुन्छ ? वा पोखराबारे जानकारी राख्नुहुन्छ । यदि त्यसो हो भने तपाईलाई पोखराका गुफाबारे थाहा छ होला । हो तपाईलाई पोखराको महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा बारे थाहा छ होला ।

कतिपय घुम्न आईसक्नुभएको होला कति अब घुम्न आउने सोच बनाउनुभएको होला । यदि त्यसो हो भने याद राख्नुहोस पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो ।

उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ ।

प्रतिक्रिया