बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:४३
वासिङटन डिसी 03:58

जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन्’

इनेप्लिज २०७५ असोज २६ गते १:१९ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् ।

किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावि सन्ततीलाई पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए ।

उनले संसारभरीका राईहरुको छाता संगठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । किराँत राई यायोख्खा युकेकी सभापति कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा किरात राई यायोख्खाका अन्य शाखाका अध्यक्षहरुले पनि सभापति राईलाई खादा तथा फूलमालाले स्वागत गरेका थिए ।

कार्यक्रममा किराँत राई यायोख्खाकी सभापति कल्पना राईले युकेमा रहेका राईहरु तथा त्यहाँको गतिबिधिका बारेमा आफ्ना भनाई राखेकी थिइन् । सोहि अवसरमा सभापति विष्णु राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं आगामी कार्यकाल सफलताको कामना गरेका थिए ।

उनले युकेको भ्रमणका क्रममा विभिन्न क्षेत्रमा रहेका क्षेत्रिय समितिका पदाधिकारीहरुसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रदेश नं १ किराँत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । जसमा केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुले पनि त्यस विषयमा सरोकार राखेका थिए ।

सभापति राईले आउदो वर्षको साकेला २०१९ का लागि युकेका क्षेत्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सभापति कल्पना राईलाई साकेलाको निमन्त्रणा समेत दिदैं अन्य देशका संस्थाका साथीहरुलाई पनि निमन्त्रण दिने बताएका थिए ।

कार्यक्रमकी संचालिक तथा संस्थाकी महासचिव चन्द्रावती राईले यु्नाइटेड किराँतराई अर्गनाइजेशन अमेरिका र किराँत यायोख्खा युकेको विचमा एकआपसमा अनुभव साटसाट गरिनुका साथै सहकार्य गरेर अघि बढ्ने छलफल भएको बताइएकी छन् ।

 

प्रतिक्रिया