बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:१३
वासिङटन डिसी 03:28

नोर्थ क्यारोलिनामा “माया गर्छु”बिमोचन कार्यक्रम को तयारी

इनेप्लिज २०७५ असोज २५ गते २२:४१ मा प्रकाशित

आउदो अक्टोबर २१ का दिन नोर्थ क्यारोलिनाको सार्लोट शहरमा भुटानिज कम्युनिटी एशोसिएसन अफ सार्लोटले “माया गर्छु”को बिमोचन कार्यक्रम गर्ने तयारी गर्दैछ ! उक्त कार्यक्रम नेपाली कक्षा कसरी संचालन गर्ने , बृद्दहरु र कराते कक्षालाई आर्थिक सहयोग संकलनको हेतुले आयोजना गरिएको हो !

कार्यक्रमको मूल नारा – “हुइ स्टाण्ड स्ट्रोंग्रर टुगेदर” छ – जसको नेपाली अर्थ, एक भएमा हामी दरोसँग उभिन सक्छौ वा मजबुत हुन्छौ भन्ने छ !

कार्यक्रममा विल्सन बिक्रम राई, महेश थुलुङ्ग, अथर्भ ब्याण्ड र अन्य कलाकारको प्रस्तुति रहने कुरा अध्यक्ष हस्त प्रधानले बताउनु भयो | उक्त कार्यक्रममा रिदम स्क्रीन क्रिएसनका कमल राईको स्वर, संगीत अनि छायांकनमा रहेको यो म्युजिक भिडियो सार्बजनिक गरिदै छ | उक्त म्युजिक भिडियोमा देव शर्मा अनि सुनीषा छेत्रीले अभिनय गरेका छन्| कार्यक्रमको तयारीमा सार्लोट नेपाली समाज निकै मज्जाले जुटेको, युवाको सहयोग, मिडियाको र अन्य ठाउँबाट पनि राम्रो सहयोग आइरहेको अध्यक्ष प्रधानले बताउनु भयो|

 

प्रतिक्रिया