“अक्टोबर १७ र १८ को सांगीतिक कार्यक्रमका लागि गायक तथा संगीतकार नरहरी प्रेमी म्यान्मार जाँदै”

इनेप्लिज २०७५ असोज २५ गते १०:३६ मा प्रकाशित

करिब दुई दशक लामो जिबन सांगीतिक क्षेत्रमा बिताइसकेका गायक तथा संगीतकार नरहरी प्रेमी, यहि अक्टोबर १७ र १८ को लागि म्यान्मार उड्ने भएका छन् । उनि त्यहाँ रमाइलो सांस्कृतिक कार्यक्रम तथा नरहरी प्रेमी सुमधुर साँझबाट झन्डै डेढ देखि दुई लाखको संख्या मा रहेका म्यानमार बासी नेपालीहरुलाई सांगीतिक आनन्द प्रदान गर्न जान लागेका हुन् । म्यानमारमा रहेर पनि  नेपालिहरुले नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आइरहेका छन् ।

आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ हरेक बर्ष म्यान्मार बासीले बिभिन्न सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता पनि गर्दै आएका छन् । यसै बीच उनीहरुले हरेक वर्ष भव्य र सभ्य रूपमा दशैँ तिहार, एक सांगीतिक माहोल बीच मनाउने गर्दछन् । सोही अवसरमा नियमित रुपले विशेष सांस्कृतिक र साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिने सन्दर्भमा, यस वर्ष भने लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमी एकल गायन प्रस्तुति (नरहरि प्रेमी सुमधुर सांझ) नामक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

नरहरि प्रेमीको बिशेष प्रस्तुति हुने भएता पनि हाँस्य कलाकार तथा कोरियोग्राफर, आशिक राई र कार्यक्रम उद्घोषिकाको भूमिकामा श्रुति संगीत बिध्यालय कि प्रबन्ध निर्देशक एवं गीतकार तथा कलाकर्मी पुष्पा पौडेल पनि त्यहाँ जाने कुरा आयोजक मध्यका एक सदस्य यादब गौतम मार्फत जानकारी प्राप्त भएको छ । दशैँलाई नै खास लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रम सप्ताह ब्यापी रुपमा अगाडी बढ्ने छन् भने नेपालबाट गएका कलाकारहरुको प्रस्तुति अष्टमी र नवमीको दिनमा हुने छ ।

नेपालीहरुको अत्यधिक बाहुल्यता रहेको “टमु” शहरमा यो कार्यक्रम हुन गइरहेको कुरा म्यानमारका समाजसेवी एवम् म्यानमार नेपाली समाजका अगुवा गोकुल गिरिले हामिलाइ जानकारी गराएका छन् । त्यसो त जुनसुकै देशमा पुगे पनि निकै राम्रो छाप छोडेर पुनः दोहोरिने नरहरी प्रेमी, यसपालिको म्यान्मारको कार्यक्रममा उको कस्तो जादु देखिने हो,  हामी संगीत सरोबरको तर्फ बाट यहि अक्टोबर १७ र १८ को लागि म्यान्मार जान लागेका गायक तथा संगीतकार नरहरी प्रेमीलाई सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

 

प्रतिक्रिया