बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १२:५५
वासिङटन डिसी 03:10

फ्लोरिडाको आँधीमा एक जनाको मृत्यु ,करिव २ लाख ९० हजार ग्राहक अन्धकारमा ,नेपालीहरु सुरक्षित

इनेप्लिज २०७५ असोज २५ गते १:१६ मा प्रकाशित

माइकल नामक आँधीको कारण एक जना को मृत्यु भएको जानकारी प्राप्त भएको छ ।अहिले सम्म कै सर्बाधिक शक्तिशाली मध्ये कै एक माइकल नामक आँधिबेरी बुधबार १ सय ५५ माइल प्रतिघन्टामा आएको र वर्ग ४ मा रहेको संचार माध्यमले लेखेका छन् । फ्लोरिडा राज्यक विभिन्न शहरहरुमा नेपालीहरुको बसोबास रहेको छ ।

यस क्षेत्रमा लामो समय देखि बस्दै आउनु भएका समाज सेवी तथा नासाका पूर्व अध्यक्ष बिमल नेपालले आफूहरु सुरक्षित रहेको बताउनु भयो । नेपाल फ्लोरिडाको वेस्ट पाम बीच(समुन्द्र-तट )मा बसोबास गर्नु हुन्छ । साथै अन्य नेपालीहरु पनि सुरक्षित नै रहेको ईनेप्लिजलाई बताउनु भयो भने केही थप जानकारी आएमा खबर गर्ने बताउनु भएको छ ।

साथै फ्लोरिडा कै मायामी शहरमा बसोबास गर्ने एनएएफका अध्यक्ष डा चुडामणि खनालले आँधिको असर नपरेको जनाकारी दिनु भएको छ । फ्लोरिडा राज्यको दक्षिण तथा उत्तर पूर्वमा माइकल आंधीको प्रभाव नरहेको बताउनु भयो । र आफूले पनि त्यो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय संग सम्पर्क गर्ने बताउनु भएको छ ।

राष्ट्रिय आंधी केन्द्रका अनुसार घरका छतका छाना ,रुख ढल्ने तथा अन्य चिजहरु उढाएर सबै तिर लागेको कारण बिद्युत गएको जानकारी दिएको छ । फ्लोरिडाको ग्याडसेन काउन्टीका अधिकृत का अनुसार रुख ढलेर एक व्यक्तिको ज्यान गएको बताएका छन् ।

बुधबार दिउसो वर्ग ४ को आएता पनि बर्ग ३ मा माइकल नामक आंधी पुगेको राष्ट्रिय आंधी केन्द्रले जनाएको छ । छिट्टै वर्ग १ मा आउने जनाएको छ । फ्लोरिडामा मात्र २ लाख ८८ हजार ग्राहक बिना बिद्युत बस्न बाध्य छन् । यसै गरि जर्जियामा ४० हजार तथा अलाबामा ४१ हजार ग्राहक बिना बिजुली बस्न बाध्य भएका छन् ।

२२ वटा काउन्टीका मानिसलाई घर छोड्न अनिवार्य आदेश दिएको थियो । साथै अन्य नजिक रहेका काउन्टीका मानिसहरुलाई पनि स्वेच्छापूर्वक घर छोड्न पनि भनिएको थियो ।

फ्लोरिडाका गभर्नर रिक् स्कटले अब माइकल आँधी पश्च्यात सत प्रतिसत खोज र उद्धार काममा लाग्ने बताउनु भएको छ । यसै गरि बिभिन्ना स्थानमा आश्रय स्थलहरु खोलिएका छन् ।

बिद्युत अबरोध र छिटो ग्राहकलाई सेवा गर्ने उद्धेश्यले अमेरिका कै दोश्रो ठुलो बिद्युत संस्था ड्युक इनर्जी तयार भएको छ भने मर्मत गर्न केही हप्ता सम्म लाग्ने जनाएको छ ।

तस्बिर श्रोत : युएसए टुडे /ड्युक इनर्जी/गूगल

प्रतिक्रिया