बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १२:४९
वासिङटन डिसी 03:04

फ्लोरिडामा अत्यधिक भयानक आंधीबेरी आउदै ,२४ लाख लाई घर छोड्न आदेश

इनेप्लिज २०७५ असोज २४ गते १०:४७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा माइकल नामक आँधीले तहस नहस गर्ने सम्भावना भएकोले संघीय सरकारले २२ वटा काउन्टीका मानिसलाई घर छोड्न अनिवार्य आदेश दिएको छ । साथै अन्य नजिक रहेका काउन्टीका मानिसहरुलाई पनि स्वेच्छा पुर्वक घर छोड्न पनि भनिएको छ ।

उक्त माइकल नामक सामुन्द्रिक आंधीबेरी वर्ग ४ मा आउने भएको छ भने एक शताब्दी पछि यस्तो आउन लागेको संचार माध्यमहरुले जनाएका छन् । १ सय ४० माइल प्रति घण्टामा आउने उक्त आधिबेरी ९ देखि १४ फिट को उचाई को समुद्री छाल हुने छ ।

२४ लाख मानिसलाई घर छोड्न आदेश गभर्नरले दिएका छन् । करिव ५७ हजार घरहरु प्रत्यक्ष प्रभावमा पर्ने सीएनएनले जनाएको छ । साथै बिमा को खर्च करिव १४.५ अर्ब डलर पर्न जाने छ ।

बुधबार मध्य दिनमा पूर्ण रुपमा आउने उक्त माइकलले यदि जमिनलाई भेट्छ भने यो सन् १८५१ मा आएको कोलोराडो स्टेट बिश्व बिद्यालयका बिशेषज्ञले जानकारी गराएका छन् । यो वर्ग ४ मा सशक्त रुपमा आउने माइकल नामक समुन्द्री आँधि बाहेक १९५० ,१९७५ र २००५ मा वर्ग ३ का फ्लोरिडाका अन्य क्षेत्रमा आएका थिए ।

प्रतिक्रिया