बिहीबार, मंसिर २७ २०७५
काठमाडौं ०९:४१
वासिङटन डिसी 22:56

भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट किन्चित दिग्भ्रमित नहुन तामाग समाज अमेरिकाको यस्तो अनुरोध

इनेप्लिज २०७५ असोज २४ गते २:२३ मा प्रकाशित

तामाग समाज अमेरिकाले एक छापा बिज्ञप्ति जारी गर्दै भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट किन्चित दिग्भ्रमित नहुन अनुरोध गरेको छ । तामाग सामाज अमेरिका कुनै सस्थाको बिरुद्ध खोलिएको सस्था नभै अमेरिकाको कानुन अन्तर्गत दर्ता भई सामाजिक क्षेत्रमा स्वत्नत्र र निस्वार्थ भावनाले आफनो समुदायको आर्थिक तथा सामाजिक उन्नतिको साथै भाषा ,धर्म ,संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने पवित्र उद्देश्यले स्थापना भएको उक्त छापा बिज्ञप्तिमा जनाएको छ ।

समाजको बिज्ञप्ति जस्ताको त्यस्तै ,पूर्ण पाठ :

Date:October 9, 2018

प्रेस विज्ञप्ति

तामाग समाज अमेरिका र यस् संस्थासँग आवद्ध व्यक्तित्वहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्कोतर्फ तथाकथित विवाद समाधान कमिटि गठन भएको भन्ने विरोधाषापूर्ण बिज्ञप्ती मार्फत समाज र समुदायमा भ्रम फैलाउने समाचार केही अनलाइन मेडियामा प्रकाशन भएकोले यस तामाग समाज अमेरिका को गहिरो ध्यान आकर्षण भएको छ ।

तामाग सामाज अमेरिकाका संरक्षकहरु क्रमश श्री भरत राज लामा, शान्तबावु थोकर, लुईसाङ वाईबा र अभिभावक श्री भोजराज थोकर ज्यु लगायतले सामुहिक रुपमा TSNA को पद बाट गत्त मिती २०१८ जुन ३० मा नै सयुक्त रुपमा राजिनामा दिई सकेको अवस्थामा हाल आएर पराजित मानसिकता बाट बिचलित भै नर्थ अमेरिका तामाग सोसाइटी (TSNA) वाट गरिएको भनिएको कथित कार्यबाहीको कुनै अौचित्य नरहेको यथार्थता हामी यस विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छौ ।

यस संस्थाको हालै संपन्न प्रथम अधिवेशन बाट कार्यसमिति निर्वाचित भै स्पष्ट लक्ष्य र कार्यदिशाका साथ अघि बढ़ी सकेको अनस्थामा TSNA द्वारा गठित कथित समिति को कुनै औचित्य नभएकों र त्यस्ता कथित वार्ता कमिटी संग वार्ता नगरिने ब्यहोरा यसै बिज्ञप्ति मार्फ़त स्पष्ट पार्दै सर्व साधरणलाई भ्रमित गर्ने कुन्ठित अभिलाषाबाट अभिप्रेरित यस्ता भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट किन्चित दिग्भ्रमित नहुनको लागि सम्पूर्ण सदस्य, विभिन्न संघ संस्था र विश्व भरि छरेर रहेका तामाङ समुदायलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ।

तामाग सामाज अमेरिका कुनै सस्थाको बिरुद्ध खोलिएको सस्था नभै अमेरिकाको कानुन अन्तर्गत दर्ता भई सामाजिक क्षेत्रमा स्वत्नत्र र निस्वार्थ भावनाले आफनो समुदायको आर्थिक तथा सामाजिक उन्नति को साथै भाषा धर्म संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने पवित्र उद्देश्यले स्थापना भएको एक गैर सरकारी मुनाफ़ा रहित सामाजिक संस्था भएकोले कुनै सस्था सँग आग्रह अथबा पूर्वग्रह नरहेको र अन्य सस्थाहारु सँग यस का साझा सवाल हरुमा सदैब सहयोग र सहकार्यगर्न तत्पर रहेको कुरा यसै बिज्ञप्ती मार्फत स्पस्ट पार्न चाहन्छौ ।

साथै बृहत्तर समाज निर्मानको सवालमा प्रजातान्त्रीक मुल्य मान्यत्ता अनुरुप तामाङ समाज अमेरिका सधै खुला रहने समेत स्पस्ट पार्न चाहन्छौ । थूज़ेछे!

अध्यक्ष
सानुमाया तमाङ

प्रतिक्रिया