बिहीबार, मंसिर २७ २०७५
काठमाडौं ०९:३१
वासिङटन डिसी 22:46

ग्रेटर वाशिंगटन तमु(गुरुङ )समाजले डिसेम्बरमा ल्होछार मनाउने

इनेप्लिज २०७५ असोज २४ गते ०:०३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत रहेको ग्रेटर वाशिंगटन तमु(गुरुङ )समाजले डिसेम्बरमा ल्होछार मनाउने भएको छ ।

ल्होछार मनाउने सम्बन्धमा गत अक्टोबर ७ ,२०१८ का दिन भर्जिनियामा तमु(गुरुङ)हरुको प्रतिनिधि सँस्था ग्रेटर वाशिंगटन तमु(गुरुङ )समाजले आयोजना गरेको बिशेष बैठक समाजका अध्यक्ष सुरेन्द्र गुरुङ्गको अध्यक्षतामा सम्पन्न गर्यो ।

उक्त बिशेष बैठकले तमु(गुरुङ)हरुको आउदै गरेको महान पर्व “तमु ल्होछार ” फोल्हो (मृग वर्ग)को उपलक्ष्यमा भव्यताको साथ मनाउने निर्णय गरेको छ । साथै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नन्द कुमार गुरुङको संयोजकतत्वमा तमु ल्होछार मूल आयोजक समिति समेत गठन गरेको छ ।

साथै तमु ल्होछार कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम र विविध खानाका परिकारहरु सहित पर्व मनाउने निर्णय गरिएको छ । साथै ल्होछार पर्व आगामी डिसेम्बर ३० तारिख आईतबारका हरनडन सामुदायिक केन्द्र ,हरनडन मा मनाउने निर्णय समेत गरिएको मूल आयोजक समितिका संयोजक नन्द कुमार गुरुङले ईनप्लिजलाई बताउनु भयो ।

प्रतिक्रिया