‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’को प्रथम अडिसन सम्पन्न

इनेप्लिज २०७५ असोज २३ गते २३:०५ मा प्रकाशित

जेनिथ इन्टरटेनमेन्टद्वारा इ प्लानेटको सहकार्यमा आयोजना हुन लागेको ‘लिटल मिस एन्ड मास्टर नेपाल २०१८’ र ‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन तिनकुने स्थित ग्रीन क्याफेमा सम्पन्न भएको छ । उक्त अडिसनमा २० जना प्रतिस्पर्धि सहभागी भएको र त्यस मध्य १४ जना प्रतिस्पर्धीलाई प्रतियोगितामा सहभागिताका लागी छनोट गरिएको छ । अडिसनमा मिसेस हेरिटेज इन्टरनेसनल रजनी थापा, सिनियर फोटो पत्रकार एवम् फिल्म निर्माता श्रीधर पौडेल र नायिका दिपशिखा खड्का निर्णायक रहेका थिए ।

८ देखि १९ बर्षका बालबालिकालाई केद्रित गर्दै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्दै उनिहरुमा ब्यक्तित्व विकास र आत्मविश्वास अभिबृद्धि गर्नका लागि यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो । साथै मोडलिङमा रुचि राख्नेहरुका लागि उपयुक्त प्ल्याटफर्म प्रदान गर्नको लागि समेत यस कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
यस सौन्दर्य प्रतियोगिताका बिजेताहरुले नगद रासीको साथमा आकर्षक पुरस्कार, म्युजिक भिडियोमा अभिनय गर्ने पाउने अवसर, विभिन्न छात्रवृत्तिको साथै नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दोस्रो अडिसन कार्तिक १० गते हुने जानकारी जेनिथ इन्टरटेनमेन्टका सिइओ बिक्रम सिंह मैनालीले बताएका छन् ।

प्रतिक्रिया