बाल्टिमोरमा तेश्रो बाना सडक महोत्सव सफलता पूर्वक सम्पन्न

विजय थापा २०७५ असोज २३ गते २:०५ मा प्रकाशित

तस्बिर सौजन्य : नाम्लो तथा स्पेसल मोमेन्ट 

अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको स्थापित गैर मुनाफा नेपाली सामाजिक सँस्था स्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को तेश्रो सडक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ ।

बानाले सन् २०१५ देखि नेपालको कला ,संस्कृति ,र नेपालको प्रबर्धन गर्ने हेतुले आयोजना गर्दै आएको उक्त सडक महोत्सवमा डिसी महानगर क्षेत्रमा स्थापित क्रियाशील विभिन्न संघ/संस्थाहरुको सहकार्य तथा सहयोगमा २०१८ को महोत्सवलाई बिदा गरेको छ ।

बाल्टिमोरमा छाता संगठनको रुपमा रहेको बानाले यस भेकमा हुने कार्यक्रमलाई सबै संघ/संस्थालाई समेट्दै र सहकार्य गर्दै सयुक्त रुपमा कार्य गर्न थालनी गरि सकेको छ । बिगतमा बनभोज कार्यक्रम पनि सयुक्त रुपमा गरेको थियो भने आगामी अक्टोबर तेश्रो हप्तामा हुने स्वास्थ्य शिविर तथा बृहत रक्तदान कार्यक्रममा पनि सयुक्त रुपमा गरिने जमर्कोले समुदायमा बाल्टिमोरले अमेरिकाका सबै राज्यलाई एकताको संदेश दिएको छ ।

नेपाली पहिचानलाई बिश्वमा चिनाउने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको हो । महोत्सवमा बिशेष गरि मम ,नेवा समुदायका छईला ,बारा,यमरी तथा अन्य नेपाली परिकारका खानाको बिक्रि प्रदर्शन साथै झाँकी ,बिभिन्न जातजातिका महिला तथा पुरुषले आ-आफ्नो भेषभूषा लगाएर महोत्सव स्थल परिक्रमा गरेका थिए l महोत्सवमा बाल्टिमोरको एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो बिद्यालयको तर्फ बाट बिशेष प्रदर्शन गरिएको थियो ।

झाकी प्रदर्शनको साथै नेपालका मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य बिशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । महोत्सवमा औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरु सजाएर राखिएका थिए l महोत्सवमा कुमार श्रेष्ठले सन् २००३ देखि आफूले खिचेका उत्कृष्ट तस्बिर तथा हात्ती पोलो खेल्ने एक मात्र नेपाली मूलकी केमिका भण्डारी समेतले नेपालको बर्दिया ,चितवनमा सहभागी भै बिजेता भएका तस्बिरहरु समेत प्रदर्शनमा राखिएको थियो ।

महोत्सवमा प्रमुख अतिथि राजदुत डा अर्जुन कुमार कार्की ,महा बाणिज्यदुत प्रेम राजा महत ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,बाल्टिमोर काउन्टीका परिषद सभापति डेविड मार्क्स ,स्टेट डेलिगेट क्रिस्चियन मिले लगायतले शुभकामना ,कार्यक्रम बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।

बाना का सभापति अनु श्रेष्ठ वन्तले प्रमुख अतिथि ,बिशेष अतिथि ,प्रायोजक ,समुदाय तथा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै बानाले खरिद गरेको सामुदायिक भवनमा सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा शुभकामना मन्तब्य वरिष्ठ उपाध्यक्ष सुबोध पन्तले गर्नु भएको थियो भने संस्थाका महा सचिव हिरा लाल गुरुङ तथा अतिथिहरुका लागि जोली अमात्यले कार्यक्रम संचालन गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु ,स्थानीय कलाकार ,अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाले प्रस्तुति गरेका थिए । सांस्कृतिक कार्यक्रमको प्रस्तोता नायिका ऋचा घिमिरेले गर्नु भएको थियो ।

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया