बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:५०
वासिङटन डिसी 04:05

स्व कोसल राज न्यौपानेको अन्तिम संस्कार अक्टोबर १० बुधबार गरिने

इनेप्लिज २०७५ असोज २३ गते ०:२८ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, 
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो

पाल्पा दर्पुक निवासी हाल अमेरिकाको भ्रमणमा रहनु भएका कोसल राज न्यौपानेको अकल्पनीय असामयिक निधनले सबैलाई मर्माहत तथा स्तब्ध बनाएको छ । गत अक्टोबर ७ आइतबार राती ९ बजे वहा सदाको लागि हामी सबैलाई छोडेर जानु भएको छ ।

गत बर्ष २०१७ को नोभेम्बर महिनामा डिसी महानगर क्षेत्रको गेन्स भिल ( मनासस नजिक)आउनु भएका स्व न्यौपाने आगामी नोभेम्बरमा नेपाल फर्कने तरखरमा हुनु हुन्थ्यो ।

१९६१ अप्रिल १० मा जन्मनु भएका ५७ बर्षिय स्व न्यौपाने आफ्नो जीवन संगिनी संग अमेरिका आउनु भएको थियो ।

वहाको अन्तिम संस्कार आगामी अक्टोबर १० तारिख बुधबार १२ देखि २ बजे सम्म गरिने भएकोले श्रद्धाञ्जली व्यक्त गर्न चाहनु हुने सबै नेपाली समुदायलाई आग्रह गरिन्छ । यस दुखद घडीमा वहाका परिवार ,नातेदार ,आफन्त ,शोकाकुल परिवारलाई समबेदना प्रकट गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छौ

यस दुखको घडिमा समस्त न्यौपाने परिवारमा धैर्यधारण गर्ने शक्ती प्रदान गरुन भनी श्री पशुपतिनाथ संग प्रार्थना गर्न चाहन्छौ । स्वर्गवासी आत्माले बैकुण्ठ वास प्राप्त गरोस,हार्दिक श्रद्धाञ्जली ।

निम्न मिति समय र स्थानमा वहाको अन्तिम संस्कार गरिने छ ।

Direct cremation services of virginia 

4425 Brookfield corporate drive 

suite 100 

chantilly va 20151 

phone : 703-584-4927 

प्रतिक्रिया