सर्वनाम पछि नेप–ग्याजमले दियो अर्को धमाकेदार लाइभ स्टयाण्ड-अप कमेडी शो सिजन ४

इनेप्लिज २०७५ असोज २२ गते २३:३७ मा प्रकाशित

राजधानीको रंगमञ्चमै पहिलो पटक कमेडि शो गरेर सर्वाधिक चर्चा कमाएको यूटयूब च्यानल नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही असोज २० गते शनिबारको दिन लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ४ को आयोजना गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हाँस्य कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ भन्ने कुरा अघिल्लो शो मै प्रमाणित गरेको नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो ले सिजन ४ भने राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आफ्नो दर्शकहरुको चाप अनि मागलाई ध्यान मा राखि लगतै दुई शो गरेर भरपूर मनोरञ्जन प्रदान गरि सम्पन्न गरेको थियो । साथै कमेडी शो को दर्शकहरु मध्ये नेपाल आइडलमै निकै नै रुचाइएकी होस्ट अनि कलाकार रिमा विश्वकर्मा तथा कलाकार बेनिशा हमालको उपस्थितीले शो मा अझै उत्साह थपेको थियो ।

उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछि नेपाल डायरीज को आयोजनामा राजधानि बाहिर नै पहिलो पटक चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो गरे लगत्तै यो चौथो सिजनमा पाँच जना हाँस्य कलाकारहरु डोरेश खतिवडा, उमेश कुमार गौतम , सरोज भण्डारी, कलाकार रोशन सुवेदी र लेखमणी त्रितालले आफ्ना दमादार प्रस्तुति दिएर उपस्थित करिब ३०० दर्शक लाई भरपूर हसाएको थियो भने सो कार्यक्रमको उदघोषण सरु महर्जनले गरेकी थिइन ।

कार्यर्क्रम मलाई हाम्रो पात्रो, बेस्ट डिल्स नेपाल, स्टुडेन्टस् प्राइड एडुकेशनल कन्सलटेन्सि, सिनेमा घर एप, सोसल मिडिया पार्टनरमा ट्रेन्डिग नेपाल र यूटयूब च्यानल नेपाली पब्लिक टिभि ले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया