पत्रकार महासंघ कतार शाखाको पार्षद भेला सम्पन

दिल कुमार श्रेष्ठ २०७५ असोज २२ गते १४:३२ मा प्रकाशित

दोहा- नेपाल पत्रकार महासंघ कतार शाखाले पहिलो पार्षद भेला सम्पन्न गरेको छ l महासंघ साखाले गरेका गतिबिधि बारे जानकारी गरेको थियो l

भेलामा उपस्थिति पत्रकारहरुलाई उपाध्यक्ष नवराज बिकले स्वागत गरेका थिए l सहसचिव राजेश्वर ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गरेको भेलामा कोषाध्यक्ष भोला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए l

भेलाको अवसर सदुपयोग गर्दै महासंघ कतार साखाले पद पूर्ति समेत गरेको छ l महासंघ साखाले विगत केहि समय देखि खाली गरेको सचिव पदमा दिल कुमार श्रेष्ठलाई सर्वसम्मत मनोनयन गरेको छ l

प्रवास कतारमा रहेर कलम चलाउदै आएका समुहलाई गोलबन्द गर्दै सस्थागत गराउने क्रममा कतार साखाले सन् २००६ मा पत्रकार महासंघ नेपालबाट स्वीकृति पाएको हो l

सस्थागत बिधि र प्रक्रियाहरु पुरा गरी आजको अवस्था सम्म आउदा कतारको नेपाली समाजमा संघले आफ़्नै पहिचान बनाएको छ l

राष्ट्रियगान र राष्ट्रका लागी समर्पित सहिदहरुको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गर्दै सुरु गरिएको कार्यक्रमको सभापति महासंघ कतार साखाका अध्यक्ष करीम बक्स मिया रहेका थिए l

कार्यक्रममा प्रमुख सल्लाहकार गणेश बन्जाडे, सल्लाहकार क्रान्ति सिंह, पुर्वसचिव मो. अजिज अलि र पुर्व केन्द्रिय सदस्य चिरन्जीवी तिमिल्सिनालाई अतिथिको असन ग्रहण गराईएको थियो l सस्थागत रुपमा रहेका दोहाका पत्रकारहरु उपस्थित रहेको कार्यक्रमलाई सहसचिव राजेश्वर ढकालले संचालन गरेका थिए l

प्रतिक्रिया