तामाङ्ग सोसाइटी अफ ग्रेटर वशिङ्टनको अध्यक्ष पदमा उत्तर लामा दोङ निर्वाचित

इनेप्लिज २०७५ असोज २२ गते ०:३९ मा प्रकाशित

वाशिंगटन डिसी ,तामाङ्ग सोसाइटी अफ ग्रेटर वशिङ्टनको अध्यक्षमा उत्तर लामा दोङ दोश्रो कार्यकालको लागि पुन: निर्वाचित भएका छन । गत सेप्टेम्बर ३० तारिखका दिन तामाङ्ग सोसाइटी अफ ग्रेटर वशिङ्टनको साधारण सभा तथा अधिवेसनले उत्तर लामा दोङको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको हो ।

उक्त सभाले केन्द्रिय कार्य समितिद्वारा प्रस्तुत सँस्थाको प्रगती विवरण तथा आर्थिक प्रतिवेदन पारितका साथै सस्थाको विधान समेत संसोधन पारित गर्यो । यसै सभाले निर्वाचन आयोगको भूमिका निर्वाह गर्न सोसाइटीका संस्थापक नेत्र घिसिङ्, वरिष्ठ राष्ट्रिय उसु प्रशिक्षक तथा सोसाइटीका सकृय सस्थापका सदस्य चन्द्र लामा मोक्तान तथा बिना खड्का लामालाई जिम्मेवारी दिइएको थियो । साथै प्रमुख निर्वाचन आयुक्तको भूमिका चन्द्र लामाले निर्वाह गरेर निर्वाचन सम्पन्न गराउनु भएको थियो ।

निर्वाचित पदाधिकारिहरुलाई सस्थाको ७५ वर्षिय वयोबृद्ध सदस्य रत्न बाहादुर तामाङ (घिसिङ्) तथा सस्थापक उपाध्यक्षा डिग बहादुर तामाङको आतिथ्यमा पूर्व अध्यक्ष आनन्दु लामा तथा प्रमुख निर्वाचन आयुक्त चन्द्र लामाद्वरा प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आइतबार, अक्टोबर ७, २०१८ का सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष उत्तर दोङले सम्पुर्ण सदस्यहरु तथा सिङ्गो तामाङ समाजको आकाँक्षालाई समेट्दै नयाँ पिडीको सकृय सहभागिताका साथ सृजनशील ढङ्गले अघि बढाएर तामाङ सोसाइटीलाई हालको भन्दा अर्को तहमा पुर्याउने सोच तथा संकल्प व्यक्त गर्नु भयो । कार्यक्रम तन्दुरी नाइट्स, फेयरफ्यास, भर्जिनिया आयोजना गरिएको थियो ।

उक्त निर्वाचनमा, निवर्तमान कार्य समितिका अध्यक्ष उत्तर लामा दोङको नेतृत्वमा सर्वसम्मातिले निम्न उल्लेखित पदाधिकारिहरुलाई पुन दोस्रो कार्यकाल (२०१८-२०२०) को लागी निर्वाचित गरियो ।

१. उत्तर लामा दोङ – अध्यक्ष
२. फाउदा लामा – उपाध्यक्षा
३. हेमकला घिसीङ – सचिव
४. नानीदेवी लामा – कोषाध्यक्ष
५. आमोद घिसीङ – सह-सचिव
६. पेम याङ तामाङ – सह-कोषाध्यक्ष
७. पेमा लामा दोङ – प्राविधिक अधिकृत्
८. इश्वर जङ तामाङ – जनसम्पर्क अधिकृत
९. सन्तोष लामा घिसीङ – बोर्ड अफ डिरेक्टर्
१०. भीम तामाङ – बोर्ड अफ डिरेक्टर्
११. गोरे लामा – बोर्ड अफ डिरेक्टर्
१२. दावा तामाङ – बोर्ड अफ डिरेक्टर्
१३. दावा तामाङ पाखृन – बोर्ड अफ डिरेक्टर्
१४. मेज कार्टर – बोर्ड अफ डिरेक्टर्
१५. सुर्य थोकर तामाङ – बोर्ड अफ डिरेक्टर्
१६. आनन्दु लामा थिङ – पदेन बोर्ड अफ डिरेक्टर

प्रतिक्रिया