भक्तपुर: निजि सवारी चालक र भाडाका सवारी चालकबिच यात्रुको बिषयलाई लिएर निस्केको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । चालकबीच हात हालाहालको स्थिति हुन थालेको महिनौ बितिसकेको भएतापनि विवाद साम्य हुन सकेको छैन । निजि सवारी चालकले भाडाका सवारी चालकलाई धम्क्याउने समेत गरेको पाइएको छ। प्रहरी प्रशासनले निजि सवारी चालकलाई अबैधानिक रुपमा यात्रु ओसारपसार नगर्न भन्दा पनि निजि ट्याक्सी चालकले वेवास्ता गर्दै आइरहेका छन ।
सुर्यविनायक चोकमा बसेका भाडाका सवारी चालक पूर्ण तामांग निजि ट्याक्सी चालकले आफुहरुलाई ‘तैले के नै गर्न सक्छस ?’ भन्दै धम्क्याउने गरेको बताउछन । बैधानिक रुपमा आफुहरुले राज्यलाई कर तिरे पनि निजि ट्याक्सीले यात्रु उठाउदा मौन भएर बस्नुपरेको उनी बताउछन। उनी भन्छन, ‘ट्राफिक प्रहरी र प्रशासनलाई रिपोर्ट गर्दा पनि सुनुवाई नहुँदा हामीहरु मर्कामा परेका छौ। राज्यले यदि निजि सवारीले पनि यात्रु उठाउन पाउछ भनि नीतिनियम कार्यान्वयन गरेमा यो विवाद साम्य हुन्छ। राज्यको कानुन नमानिकन खुलेयाम रुपमा आफ्नै आँखा अगाडी निजि ट्याक्सी चालकले यात्रुसँग बार्गेनिङ गर्दै ओसारपसार गर्छन, जुन हामीलाई सह्य हुदैन।’
ट्याक्सी चालकलाई ठगको रुपमा चित्रण गरिएको भन्दै ट्याक्सी चालक ठग नभएर सरकार चाही सबैभन्दा ठुलो ठग भएको उनले आरोप लगाएका छन। बैज्ञानिक भाडादर लागु नगर्नाले सर्वसाधारण ट्याक्सी चालकलाई जीविकोपार्जन गर्न समेत हम्मे-हम्मे पर्ने गरेको उनले बताए। २०६९ सालदेखिको भाडा अहिलेसम्म कायम रहेकोमा अहिलेको मुल्यवृद्धिको अवस्थामा बाच्न गार्हो पर्ने उनी बताउछन। अबैज्ञानिक भाडादर सरकारले लागु गरेको भन्दै उनले ठगको बिल्ला हटाइनुपर्ने समेत माग गरे।
कडा नीतिनियम बनाएर अबैधानिक सवारीलाई कारवाही नगरेसम्म भाडाका ट्याक्सी चालकको समस्या समाधान नहुने उनले जिकिर गरे। ट्याक्सीको पेरिफेरी बढाएर निजि सवारी नियन्त्रण गर्दा ट्राफिक जाम समेत समाप्त हुने उनले बताए । ट्याक्सीभित्रको समस्या अनुसन्धान गरि समाधान खोज्न सरकार र सम्बन्धित निकायलाई उनले आग्रह समेत गरे ।
प्रतिक्रिया