रौतहटमा बढ्यो बलात्कारको घटना

इनेप्लिज २०७५ भदौ २७ गते १६:१८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटमा एक हप्तामा दुईवटा बलात्कारको घटना सार्वजनिक भएको छ । चार दिनको फरकमा दुई बालिका बलात्कृत भएको घटना मंगलवार सार्वजनिक भएको छ ।

गत १९ गते गढीमाई नगरपालिका वडा नम्बर ३ गम्हरियामा ५५ वर्षे वयस्कले एक १२ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् । स्थानीय सहमद अन्सारीले १२ वर्षीइ अबोध बालिकालाई ललाइफकाई करणी गरेको र घटनालाई गाउँमै मिलाउन पीडिलाई १ लाख २० हजार जरिवाना तिर्न भनिएकोमा पीडकले तोकिएको दिनमा जरिवाना नतिरेपछि घटना सार्वजनिक भएको हो । पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराउँदै अन्सारीविरुद्ध किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय गरुडाले आरोपीलाई पक्राउ गरेको छ ।

आरोपीलाई छुटाउन केही आफन्तले गरुडामा चक्काजाम पनि गरेका छन् । चक्काजामलाई खुलाउन प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो । प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरी हवलदार अनील कुशवाहा सामान्य घाइते भएका छन् । यसै गरी प्रहरीले सामान्य लाठी चार्ज गर्दा दुईजना प्रदर्शनकारी घाइते भएको प्रदर्शनकारीहरुले जनाएका छन् ।

प्रदर्शनकारीको तर्फबाट भएको ढुंगा प्रहारबाट दुईवटा गाडीमा क्षति पुगेको छ । प्रदर्शनकारीको तर्फबाट भएको ढुगा प्रहारबाट ना.१ झ. ५४२ नम्वरको जिप र ना १ ज ६१९२ नम्बरको म्याजिक भ्यानमा क्षति पुगेको छ । तोडफोडमा संलग्न गढीमाई नगरपालिका वडा नम्वर ३ का सहिद अन्सारी, अबुसैद अन्सारी र अजय साह प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझदेखि गरुडाको अवस्था सामान्य भएको छ ।
यसैबीच गत शनिवार गरुडा नगरपालिका ८ विर्तामा ८ वर्षकी एक बालिका बलात्कृत भएकी छ । बालिकामाथि जबरजस्ती करणी गर्ने ईशनाथ १ औरैयाका १७ वर्षका विकासराज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवै अभियुक्तलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको रौतहट प्रहरी प्रमुख एसपि केदार ढकालले बताएका छन् । दुवै जनालाई कानुन बमोजिम कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

को भनाइ छ ।

प्रतिक्रिया