बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:२१
वासिङटन डिसी 03:36

भरतपुर तेक्वान्दो डोजाङ्गको बार्षिक उत्सब सम्पन्न ।

इनेप्लिज २०७५ भदौ २६ गते २:०१ मा प्रकाशित

ध्रुब क्षेत्री’ भरतपुर चितवन, स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलाडी भन्ने मूल नाराका साथ भरतपुर तेक्वान्दो डोजाङ्गले आफ्नो प्रथम बार्षिक उत्सब चितवन टाडी स्थित सौराह चोक नजिकै को जलमा हलमा सम्पन्न गरेको छ । भरतपुर डोजाङ्ग का संचालक / संयोजक तथा नयाँ शक्ति पार्टी नेपाल प्रबास बिभाग अन्तर्गत अन्तरास्ट्रिय नेपाली समाज कतारका खेलकुद बिभाग प्रमुख समेत रहेका युवा खेलाडी तथा समाजसेबी टेक प्रसाद गोतामे ( ज्याकी चेन ) ले देश भरिका तेक्वान्दो खेलाडीहरु लाई मध्य नजर गर्दै संचालनमा ल्यायको उक्त तेक्वान्दोको बार्षिक उत्सब नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेपाल अन्तरास्ट्रिय बडी बिल्डर एसोसिसनका अदक्ष्य तथा कोच लोकेन्द्र परियारको प्रमुख आतिथ्य ,डोजाङ्ग का संयोजक टेक प्रसाद गोतामे ( ज्याकी चेन ) को सभापतित्व मा सुचारु भएको थियो भने डोजाङ्ग का सल्लाहाकार तथा नयाशक्ति कतार का युवा अभियन्ता ध्रुब क्षेत्री ले सहजीकरण गर्नु भएको थियो ! साथै उक्त कार्यक्रममा भरतपुर महानगर पालिकाकि मेयर रेणु दाहाल, नेपाल प्रहरीका जिल्ला प्रमुख, नेपाल आर्मीका प्रतिन्धि , नेपाल तेक्वान्दोका अन्तरास्ट्रिय प्रसिक्षक रोसन खान लगायत जिल्लाका बिशिस्ट बेक्तित्व र भद्र भलाद्मीहरुको बाक्लो उपस्थीमा दुइ दिने खेल प्रतियोगिता को सुभारम्भ भएको थियो!

कार्यक्रमको दोस्रो दिन क्रयक्रम लाइ समापन गर्दै डोजाङ्ग संचालक टेक प्रसाद गोतामे ( ज्याकी चेन ) ले खेलाडी राष्ट्रका गहना भएका ले राज्यले खेलाडी हरु लाई खल्ने बाताबरण बनाउनु पर्नेमा जोड दिनु भयको थियो साथै उहाले राज्यले सहयोग बाट हालको अबस्थामा केहि सुधार भए मात्रा पनि नेपाल तेक्वान्दो खेलाडीहरुले नेपाललाई एस खेल क्षेत्रबाट बिस्व सामु चिनाउन सक्छ्न भन्दै’ अब युबाले खेल संगसंगै र्राष्ट्रिय राजनितिमा पनि हस्ताक्षप गर्नु पर्ने बेला आयको ले सम्पुर्ण खेलाडी हरु लाई आर्थिक समृद्दिको नारा लियर उदायको नयाँ शक्ती ले मात्र देशको बिकाश गर्ने र खेलडी हरुको सम्मान गर्ने भयका ले नयाँ शक्तिमा आबद्द हुन आह्वान गर्नु भयको थियो!

उक्त खेल प्रतिष पर्दा को नतिजा सकिए लगतै त्यहा उपस्थित तथा अन्या पाउना करिब १०९ जना खेलाडी तथा प्रसिक्ष्यकहरु नयाँ शक्ति पार्टी मा ध्रुविकृत हुनु भएको थियो भने खेलाडिहरु लाई कार्यक्रममा शभापती ज्याक्की चेन, प्रमुख अथिती र अन्या अथित बाट खादा लगायर सम्मान साथै स्वागत गरिएको थियो । कार्यक्रममा बिजेता खेलाडिहरु लाई सम्मान पत्रका साथै म्याडल र नगद पुरस्कार बाट बिभुसित गरिएको कुरा आयोजक ले जनाएको छ!

प्रतिक्रिया