महादेवलाई सार्वजनिक बनाउन आन्दोलन

इनेप्लिज २०७५ भदौ २५ गते ११:१८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गरुडा नगरपाकिला ५ मा रहेको जिल्लाकै ठूलो धार्मिकस्थललाई सार्वजनिक गर्नुपर्ने माग उठेको छ । प्रदेश २ मा नै प्रसिद्ध रहेको तथा भारतको दर्जनौँ जिल्लाबाट लाखौँ श्रद्धालुसमेत आउने गरेको महादेवस्थललाई कुनै व्यक्तिको नाममा रहन नदिन महादेवस्थल बचाउ संघर्ष समिति रौतहटको नाउँमा आन्दोलन सुरु गरिएको हो । २०२१ सालमा विश्वनाथ महादेवको नाममा १ बिगाहा ४ कठा ४ धुर र गौरीशंकर स्थानको नाममा ३ कठा ३ धुर रहेको जग्गालाई शिवनगरका कृष्णदेव गिरीले आफ्नो र आफन्तको नाममा जालसाजी गरी पास गराएको भन्दै पुनः फिर्ता हुनुपर्ने माग राखी आन्दोलनको सुरुआत भएको गरिएको हो । समितिले महादेव मन्दिरलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने, मन्दिरको पुजारी सरकारी निकायबाट नियुक्त गर्नुपर्ने, दान, भेटी र चन्दा पारदर्शी हुनुपर्ने, महादेवस्थललाई सार्वजनिक गर्नुपर्ने माग राखेर आन्दोलन सुरु गरेको हो ।

गरुडा ४ मा रहेको दुर्गा मन्दिरबाट प्रदेश साँसद चन्दन कुशवाहाको नेतृत्वमा करिब पाँच किलोमिटर लामो रैली निकालेर आन्दोलनको सुरुआत गरिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया