म्याग्दीको बेनीमा देखियो यस्तो जोगी नाच ! हेर्नुहोस के के गर्छन्

इनेप्लिज २०७५ भदौ २४ गते १४:५३ मा प्रकाशित

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ ।नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत बिहिबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी बृद्धबृद्धासम्मले ताण्डप नृत्य सहित कलाकारहरु सहित नाच देखाएका थिए ।

जनशक्ती र तयारीको अभावमा हरेक बर्ष देखाउन मुस्किल हुने गरेको जोगी नाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतकीो पूजा गरी उनीहरुलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको जोगी नाचका संयोजक ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए । ‘७० बर्ष नाघेका बृद्धहरु समेत नाचमा सहभागी थिए,‘यूवापुस्ताको पनि आर्कषण उस्तै छ’ उनले भने । विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया