तीजको दर खान आएका ८ जना पाहुना बेगनास तालमै बिलाए !

इनेप्लिज २०७५ भदौ २४ गते १४:४६ मा प्रकाशित


गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बाल बच्चा पढाईको शिलशीलामा बाहिर छन् । तीज नजिकिदै गर्दा घरभमा पाहुना आउन लागे । शनिबार त्यही अनुरुप पोखराको बेगनास तालमा १० जना पाहुनाले भरिएको डुङ्गा गन्तब्यतिर लाग्छ । घरको नजिक पुग्नलाग्दा डुङ्गा डुब्यो दर खान आएका पाहुना मध्ये २ जना मात्र बाँचे २ जनाको शब भेटियो ६ जना अझै बेपत्ता छन् । ५ बर्षिय प्राचीन पौडेल, १७ बर्षिया मनिषा बजगाईं, ८ बर्षिय शिव खनाल र ७ बर्षिय शंकर खनाल, ४ बर्षिय रञ्जित गैरे र रबि खनाल बेपत्ता छन् ।

कास्की प्रहरीले आईतबार विहानैदेखि खोजी कार्य थालेको थियो । हामी घटना स्थल र सम्बन्धीत घरमा पुग्दा घटनाले गाउँनै शोकाकुला बनाएको थियो । भान्छामा दरका लागी पकाएका खानेकुराहरु छरपट्ट थिए । गाउँघरमा रुवाबासी चलेको छ । हेरौं यो स्थलगत रिपोर्ट

प्रतिक्रिया