सन्नी सगरमाथा समाजको तीज कार्यक्रम सम्पन्न !

इनेप्लिज २०७५ भदौ २४ गते १३:०९ मा प्रकाशित

कृष्ण के सी/अमेरिका

सन्नी सगरमाथा समाजद्धारा आयोजित तीज कार्यक्रम २०१८ भब्य रुपमा सम्पन्न भएको छ।

उत्तरी क्यालिफोर्नियाको सन्निभेललाइ आधार बनाएर २००६ देखि स्थापना गर्न सुरु गरिएको सन्नी सगरमाथा समाजले २०१० मा गएर सरकारी स्वीकृति पाएको बताइन्छ। संस्थाले बिगत केहि बर्ष देखि नियमित रुपमा आयोजना गर्दै आएको तीज कार्यक्रम यो बर्ष पनि भब्य रुपमा सम्पन्न गरेको छ।

कार्यक्रममा तीजका गीत लेख्ने र गाउने सान फ्रान्सिस्को निवासी तीनजना लक्ष्मी खरेल (गायिका समेत), गोमा अधिकारी लिम्बू र कृष्ण के सी (आफू) लाइ स्टेजमा बोलाएर समाजका अध्यक्ष गंगा के सीले सम्मानका साथ परिचय गराए। सो अवसरमा ति गीतहरुलाई बजाएर समेत सुनाइएको थियो।

कार्यक्रम सुनिता सापकोटाले सुन्दर सुपमा संचालन गर्दै थिइन भने कार्यक्रमको संयोजक बिन्दु सापकोटा संयोजन गर्दै बिचमा नाच्दै पनि थिइन्। सयौंको संख्यामा उपस्थित नेपालीहरुमा महिलाहरुको उपस्थिति चारगुना भन्दा धेरै थियो।

साना नानीहरु देखि किशोर-किशोरीहरुलाई प्रोत्साहन गर्न प्रस्तुत गरिएका नृत्यहरु झनै राम्रा थिए। अन्तमा डिजे रोहितको साथमा डिजे सुरु भयो र सबैजना नाच्नमा रमे।

प्रतिक्रिया