डिसीमा गुरु श्री श्री रवि शकंर को पुस्तक बिमोचन

इनेप्लिज २०७५ भदौ २४ गते १२:३७ मा प्रकाशित

विजय थापा ,सेप्टेम्बर ९ ,डिसीमा जीवन बाच्ने कला प्रतिष्ठान अर्थात् आर्ट अफ लिभिङ्ग फाउन्डेसनका गुरु श्रीश्री रवि शकंरको पुस्तकको बिमोचन अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की(बिद्या वारिधि) ले गर्नु भएको छ ।

राजदुत कार्कीले आफू बोल्न भन्दा पनि भानुमती नरसिम्हन को कुरा सुन्न आएको बताउदै आफूले आर्ट अफ लिभिङ्ग फाउन्डेसनका गुरु श्रीश्री रवि शकंर संग नेपालमा भेटेको समेत बताउनु भयो ।

https://www.facebook.com/enepalese/videos/2136555283252446/

गत शनिबार सेप्टेम्बर ८ तारिखका दिन गुरु श्रीश्री रवि शकंर कि कान्छी बैनी भानुमती नरसिम्हन द्वारा लेखिएको पुस्तक भर्जिनियाको आर्लिंगटन शहरमा नेपाली समुदायका बिभिन्न संघ/संस्थाका प्रतिनिधि तथा बिदेशीहरुको समेत सहभागितामा सम्पन्न भएको छ ।

गुरुदेव :अन द प्लाटु अफ द पिक नामक पुस्तक कि लेखिका भानुमती नरसिम्हनले उक्त पुस्तकको बारेमा संक्षेपमा चर्चा गर्दै प्रकाशित हुने बित्तिकै एक लाख बिक्रि भएको जानकारी दिनु भयो । उक्त पुस्तक बाट संकलन गरिएको रकम समाज सेवाको असल कारणमा लगाईएको बताइयो ।

कार्यक्रम संचालक निभा प्रधानले भानुमती नरसिम्हनलाई पुस्तक,ध्यान तथा तनाव सम्बन्धि प्रश्न गर्नु भएको थियो भने नरसिम्हनले उदाहरण तथा सानो कथा सहित जोडेर उत्तर दिनु भएको थियो । नेपाली मुलकी मूल कि निभा प्रधान आर्ट अफ लिभिङ्ग फाउन्डेसनकि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बैंक व्यवसाय सम्बन्धि पेशामा संलग्न हुनु हुन्छ । आर्लिंगटन शहर स्थित होमवुड स्विटस नामक होटल (अतिथि गृह )कि महा प्रबन्धक नेपाली मूलकी शिला श्रेष्ठको सहयोग तथा निभा प्रधानको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आर्ट अफ लिभिङ्ग फाउन्डेसनको भिडियो (श्रब्य दृश्य)मा गुरु श्री श्री रवि शकंरले संसारका विभिन्न राष्ट्रमा सहभागिता जनाएको र भेटघाट गरेको प्रदर्शन गरिएको थियो ।

आर्ट अफ लिभिङ्ग फाउन्डेसन १ सय ५५ राष्ट्र तथा ६ महादेशमा पुगेको छ । यस्का अनुयायीहरु ३७ लाख बिश्व भर रहेका छन् भने नेपालमा गत २० बर्ष देखि संचालनमा रहेको छ । र गत ३५ बर्ष देखि सामाजिक सेवामा समेत उल्लेख्य काम गर्दै आएको छ ।

उक्त संवाद कार्यक्रममा फिलिज ओडाबास तथा दीपा कार्तिकले पुस्तकका बारेमा चर्चा गर्नु भएको थियो  अन्त्यमा भानुमती नरसिम्हनले प्रयोगात्मक रुपमा ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धि अभ्यास गराउनु भएको थियो ।

भानुमती नरसिम्हन प्रसिद्ध ध्यान प्रशिक्षक हुन् भने बिश्व भरका लाखौ मानिसले प्रगाढ अन्तरंग शान्ति उनि बाट लाभ प्राप्त गरेका छन ।

An interactive session with Mrs Bhanumathi Narasimhan in Washington DC. She is the younger sister of Gurudev, Sri Sri Ravi Shankar and spoke on Buddha’s wisdom and led the audience to a guided meditation.

His Excellency Ambassador, Dr. Arjun Kumar Karki, Nepali Ambassador to the United States of America graciously launched “Gurudev: On The Plateau of The Peak”, a biography by Bhanumathi Narasimhan.

His Excellency also spoke on the initiatives by the Art of Living Foundation in Nepal for the past twenty years.

प्रतिक्रिया