मृगौला रोगीलाई समेत म्यानपावरले सद्धे सावित गराएर मलेशिया पठाएपछि भयो यस्तो हालत [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ भदौ २१ गते २२:३१ मा प्रकाशित
पिएनपिखबर, भक्तपुर। खोटाङ्ग, लामीडाँडा स्थायी घर भएका रत्न बहादुर राना मगर बौद्ध, तीनचुलीमा भाडाको कोठामा बस्दै आएका छन्। मध्यम वर्गको परिवार भएकाले उनी धन कमाउन विदेश हानिए। मलेसियामा ६ वर्ष बसेर उनी नेपाल फर्किए। उनले फेरी पनि विदेश जाने सोच बनाए। पहिला पनि मलेसिया बसेर आइसकेका हुनाले उनले फेरी मलेसिया नै जाने निर्णय गरे।

सिनामंगल स्थित हिमालयन म्यानपावरमा सम्पर्क गरेर मलेसिया जानको लागि उनले सम्पूर्ण आवश्यक कागजात बुझाए। मेडिकल चेकअप पनि गराए। सबै प्रक्रिया पुरा गरेर उनी मलेसिया गए। जब उनी त्यहाँ पुगे उनलाई आफ्नो दुवै मृगौला फेल भएको थाह भयो। नेपालमा मेडिकल पास गरेर गएका रत्न एक्कासी मृगौला फेल भएको खबरले आत्तिए। एकछिन त उनलाई विश्वास गर्न नै गार्हो भयो।

नेपालको अस्पतालमा उनले मेडिकल गराएका थिए। उनको मेडिकल पास भएकै कारण उनी मलेसिया पुगेका थिए तर अचानक यो कसरि हुन गयो उनले कल्पना समेत नगरेको कुरा उनी माथि नै बित्दा उनलाई असह्य भयो। अस्पतालले यत्ति गैरजिम्मेवार भएर कसरि फेक कागजात बनाई दियो भन्ने कुरा एकदमै गहन विषय हो।

मेडिकल चेकअपकै हेलचेक्राइका कारण उनी मलेसियाबाट गएको एक महिनामा नै नेपाल फर्किए। पैसा कमाउने सोचले गएका रत्न पैसाको साटो रोग बोकेर निराश हुँदै नेपाल फर्किए। एक लाख पचपन्न हजार पांच सय पचास रुपैया खर्चेर मलेसिया गएका उनले नेपालमा फर्किएर आफुलाई झुक्काएर पठाउने अस्पतालमार्फत साठ्ठी हजार रुपैयाँमात्र फिर्ता पाए। उनलाई म्यानपावरले क्षतिपुर्ति बापत एक रुपैया पनि नदिएको उनको भनाई रहेको छ।

क्षतिपुर्तिको लागि उनले वैदेशिक रोजगार बोर्डमा समेत रिपोर्ट गरे तर उनको म्याद नागिसकेको हुनाले उनले अहिले सम्म कुनै क्षतिपुर्ति पाएका छैनन्। उनी नेपाल फर्केको एक वर्ष भन्दा बढी बितिसकेको थियो। यति उनले एक वर्ष अघि चाही रिपोर्ट गरेका थिए भने उनले क्षतिपुर्ति पाउथे। तर दुर्भाग्यवस दुखिलाई जताततै दुख भनेझै उनले कुनै क्षतिपुर्ति पाएनन्।

अहिले उनको मृगौला फेल भएको २ वर्ष भइसकेको छ। हाल उनी पुलचोक निदान आरोग्य अस्पतालमा आफ्नो डायलासीस गराइरहेका छन्। हप्तामा दुइ चोटी अनिवार्य रुपमा उनको डायलासिस गर्नु पर्छ। हप्तामा एक चोटी सुई लगाउनुपर्छ। उनले महिनामा ४ देखि ५ हजार सम्मको औषधि सेवन गर्नुपर्छ। यो सब खर्च बेहोर्न उनलाई निकै गार्हो छ।

उनकी श्रीमती गलैचा बुन्ने कारखानामा गलैचा बुन्छिन्। उनकै कमाईले रत्नको घर धानिएको छ। तर उपचार खर्च भने तिर्न मुस्किल नै छ। उनले सरकारी अनुदान समेत पाएका छैनन्। अहिले सम्म ऋण गरेर उपचार गराइरहेका छन्। आर्थिक अभाव भएकाले उनको उपचारमा एकदम बाधा पुगिरहेको छ।

तपाईहाम्रो सानो सहयोगले रत्नले नँया जीवन पाउन सक्छन्। सके धेरै नसके थोरै भए पनि सहयोग गरि आफ्ना सहयोगी हातहरु अघि बढाईदिनुहुन यहाँहरु सम्पूर्णलाई विनम्र अनुरोध गरिन्छ।

सहयोगको लागि सम्पर्क :

रत्न बहादुर राना मगर : ९८१३६२०४३५

ग्लोबल आइएमइको खाता नं. : ०१०७०१००३३१६०

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया