साथीसङ्गतको लहैलहैमा लागेर दुर्व्यसनीमा फसेका किरणले सुधारकेन्द्रबाट पुनर्जीवन पाएपश्चात यसरि पोखे आफ्नो दुख

इनेप्लिज २०७५ भदौ २१ गते २२:१८ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। किरण पन्त कुनै समय बेवारिसे भएर बाटोमा सुत्थे। मदिरा सेवन गरेकाले उनलाई केहि होस् हुदैन थियो। उनलाई वेवारिसे अवस्थामा बाटोमा हिड्ने सबैले दखे तर वेवास्ता गरिदिए। उनको विषयमा कसैले मतलब गरेनन्। दुर्व्यसनीमा फसेर उनले आफ्नो जीवन जिउने तरिका नै बिर्सिसकेका थिए। उनको जीवनमा केहि महत्वपूर्ण थियो त त्यो मदिरा नै थियो। उनलाई होस् पनि थिएन कि मदिराले नै उनको जीवन मृत्युको मुख तिर धकेलिरहेको छ भनेर।

उनको दिनरात नै सडकमा बित्थ्यो। खाने बस्ने सुत्नेको ठेगान थिएन। उनको त्यो वेवारिसे अवस्था समाजसेवी बिनय जंग बस्नेतले देखे। बिगत लामो समय देखि सामाजिक कार्यमा लागि परेका साथै दुर्व्यसनीमा फसेकालाई उद्दार गर्दै आएका वरिष्ठ समाज सेवीले आफ्नो मन सम्हाल्न सकेनन्। उनले किरणलाई आफ्नो साथमा लगे। यो भन्दा अघि पनि बिनय जंग बस्नेतले दुर्व्यसनीमा फसेका थुप्रैलाई पुनर्जीवन दिईसकेका छन्।

हुन त उनको व्यक्तिगत जीवनको बिषयमा कुरा गर्ने हो भने कुनै समय उनी आफै दुर्व्यसनीमा फसेकाले घरबार बिचल्ली भएको थियो। उनको मदिरा सेवन गर्ने बानीका कारण अति प्रिय श्रीमती र छोरीले समेत उनलाई छोडेर गएका थिए। यी सबै पाटो एकातिर थाती राखेर आफ्नो जस्तो दुख अरुले भोग्नु नपरोस भनेर उनले याक्सन फर सोसियल चेन्ज नामक एक संस्था खोलेका छन्। उनले आफ्नै जीवनबाट पाठ सिकेका हुन्। त्यसैले पनि कसैलाई बाटोमा वेवारिसे भएर सुतेको देख्दा आज पनि उनको मन चसक्क हुन्छ।

किरण पन्तको अवस्था पनि त्यस्तै दयनीय थियो जसलाई वेवास्ता गर्न उनको मनले मानेन। अहिले किरण निकै तंग्रिएका छन्। उनी भलाद्मी भएका छन्। दुर्व्यसनीमा फसेका थिए तर अहिले उनी पटक्कै मदिरा सेवन गर्दैनन्। उनी भन्छन् ,’ अहिले म ठिकै अवस्थामा छु। खाना ठिकै रुच्छ। शरीरमा अलिअलि कमजोरी महसुस हुन्छ।’

जन्मिदै कोहि दुर्व्यसनीमा फसेका हुँदैन। किरण पनि मदिरा सेवन गर्दैनथे। उनको काम गर्ने ठाउँमा साहुको करकापले उनले मदिरा सेवन गर्न थाले। पछि उनलाई बानी पर्दै गयो। साथी कै लहै लहैमा लागेर उनी दुर्व्यसनीमा फसेको उनले बताए। उनको मदिरा सेवन गर्ने बानीले उनको श्रीमतीले समेत छोडेर गईन। उनको एक छोरा र एक छोरी छन्। तर उनलाई हेरचाह गर्ने भने कोहि छैन।

उनी बिगतका कुरा सम्झंदै उनले भने ‘म मदिरा सेवन गरेर आकासे पुल मुनि सुतेछु। मलाई त्यति बेला केहि होस् भएन। मलाई बिनय दाईले पुनर्स्थापन केन्द्रमा लग्नु भएछ। आज मैले उहाकै कारण नँया जीवन पाएको छु। ‘

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया