सरकारी अस्पतालको यस्तो लापरबाही ! बिरामीलाई दियो झुटो रिपोर्ट ! किन हुन्छ यस्तो !

इनेप्लिज २०७५ भदौ २१ गते २२:०३ मा प्रकाशित
गत भदौ १५ गते शुक्रबार पोखरा १२ ढिकालेथरका ९ वर्षीय अमित पौडेललको टाउको दुखेपछि उनकी आमा नन्दमाया पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन त्यहा उपचारको क्रममा उनको ल्याब परिक्षणका क्रममा जन्डिस देखिएको चिकित्सकले बताए ।
अमितलाई लिएर गएका उनका मामा विश्व सुवेदीलाई अस्पतालको रिपोर्टमा शंका लाग्यो । उनले भने– “भाञ्जालाई सामान्य टाउको दुख्यो भनेर हामीले अस्पताल लगेका थियौँ, तर अस्पतालले दिएको रीपोर्ट देख्दा हामी झस्कीयौँ ।”
सुवेदीले अगाडी भने – “गण्डकी अस्पतालमा जण्डिस चेक गराउदा ५.४ देखाएको थियो ।” यसैबीच पोखराको न्यूरोडमा रहेको पद्मनर्सिङ होममा चेक गराउदा ०.९ देखिएको छ ।
जबकी ०.२ देखि १.४ सम्मको अवस्थालाई जण्डिसको सामान्य अवस्था मान्न सकिन्छ ।  यसैबीच भदौ १७ गते पोखराको युआरएलमा जण्डीस जाँच गर्दा ०.५६ देखिएको छ ।

प्रतिक्रिया