प्रदीपले “ आमा “ सार्वजनिक गरे

इनेप्लिज २०७५ भदौ २० गते २०:१४ मा प्रकाशित

सेप्टेम्बर ५,२०१८
शिव विष्ट, नर्थ क्यारोलिना

हालै मात्र आफ्नो दोस्रो सांगेतिक कोशेली ‘ अनिता ” प्रस्तुत गरेका गाएक प्रदिप घिमिरेले अर्को मार्मिक म्युजिक भिडियो प्रस्तुत गरेका छन् । आन्मा/नासा /एनए द्वारा आयोजित प्रथम राष्ट्रिय सम्मेलनको कन्सर्ट कार्यक्रममा चर्चित लोक गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनिया का लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजामहत ,नासाका पुर्व सभापति एवं पर्यटन दूत राजा घले तथा नेब्रास्का नेपलिज सोसाइटी का सभापति राज आचार्यले घिमिरेको ” आमा ” नामक म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन् । फ्लोरिडा निवासी घिमिरे सिकागो पुगेर आफ्नो सांगेतिक मेहनत दर्शकसामु प्रस्तुत गर्न पाउदा प्रफुल्लित देखिन्थे ।

नेपाली आधुनिक तथा पप गीत संगीतलाई विश्वब्यापी रुपमा पहिचान गराउन सक्रिय अग्नि बैण्डका मुख्य गाएक प्रदीपले आमाको देन ,महत्व र गरिमालाई सांगीतिक शब्दमा प्रस्तुत गरेका छन् । साहित्यकार तथा गीतकार डा. अनुप श्रीवास्तवको रचना तथा राहुल प्रधान द्वारा संगीतबद्ध गरिएको सो गीतमा नेपाली चलचित्र क्षेत्रकीचर्चित अभिनेत्री मिथिला शर्माको मुख्य अभिनय रहेको छ भने प्रमोद भारद्वाज , सुसन कोइराला , पुर्णिमा श्रेष्ठको साथमा बालकलाकार म्यानुअल श्रेष्ठ र मिलि श्रेष्ठ को समेत अभिनय हेर्न सकिन्छ ।

म्युजिक मेनिया इन्टरटेनमेन्ट द्वारा प्रस्तुत सो गीतको छायांकन चक्र महर्जनले गरेका छन् भने सम्पादन बिजेश पौड्यालले गरेका छन् । अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको सो म्युजिक भिडियोको निर्देशन राहुल प्रधानले नै गरेका हुन् ।

 

प्रतिक्रिया