काठमाडौं । नायक हुँदै निर्माता र निर्देशक समेत बनेका जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको महत्वकाँक्षी चलचित्र धूम ३ को ट्रेलरले सोचेको भन्दा बढी नै दर्शक पाएपछि हाल यसको सर्वत्र चर्चा परिचर्चा भई रहेको छ । यस चलचित्रमा समावेश गीतको भिडियो सार्वजनिक हुन थाल्ना साथ दर्शकहरुको चासोको विषय बनेको यस चलचित्रको अन्य गीतको भिडियो तथा पछिल्लो समय ट्रेलर सार्वजनिक हुँदासम्म आईपुग्दा चलचित्रको ट्रेलरमा प्रयोग भएका प्रत्येक क्लिपहरुमा संवाद राखेर हजारौं ट्रोल बनाईएका छन् । नायक जय किशन बस्नेतलाई अत्याधिक प्रयोग गरिएका ट्रोलहरु यति बेला सामाजिक सञ्जालमा भाईरल भई रहेका छन् । त्यसो त दर्शकहरुको अगाध मायाले गर्दा नै यो चलचित्रको ट्रेलर युट्युवको ट्रेण्डिङमा आएर उकालो चढि रहेको छ । एकातिर धूम ३ को ट्रेलरका संवाद तथा क्लिपमा बनेका ट्रोल भाईरल भई रहँने अनि बुष्ट नगर्दा पनि ट्रेलर ट्रेण्डिङमा समेत आएपछि यस चलचित्रको युनिट हौसिएको छ भने प्रतिस्पर्धा गर्ने तयारीमा रहेका अन्य चलचित्रकर्मीहरु दोधारमा देखिएका छन् ।
आफ्नै सोचले चलचित्र निर्माण गर्ने र तडक भडक नगरी आफ्नै शैलीले प्रचार प्रसार र प्रदर्शन गर्ने बानीका कारण कहिल्यै हतोत्साही नहुने नायक जय किशन बस्नेतले यस चलचित्रमा पनि आफ्नै शैली अपनाएका छन् । प्रचार प्रसार गर्ने आफ्नो सान्त शैलीलाई दर्शकहरुले मन पराएपछि बल्ल उनको ध्यान टेलिभिजन, एफएम र पत्रपत्रिकामा पुगेको छ । यस चलचित्रसँग सम्बिन्धित प्रचार सामाग्री आक्रामक रुपमा टेलिभिजन च्यानलहरुमा देखिएका छन् । यस चलचित्रको गीत तथा ट्रेलर गोपीकृष्ण टिभी फिल्मी, न्युज २४, सगरमाथा टेलिभिजन, कान्तिपुर टेलिभिजन, माउण्टेन टेलिभिजन, रमाई टिभी, एभिन्युज टिभी, नेपाल टेलिभिजन लगायत हरेक जसोे नेपाली टिभी च्यानलहरुमा हरेक समय बजि रहेका छन् ।
नायिका एलिना रायमाझीसँगको सम्बन्ध यस्तो
चलचित्र धूम ३ को निर्माण आरम्भ भएदेखि नै यसका निर्माता तथा नायक जय किशन बस्नेतसँगको सम्बन्धका बारेमा गसिपको विषय बनेकी डेब्यु नायिका एलिना रायमाझी भने टेलिभिजनहरुमा देखिएकी छैनन् । यस अघि भएका युट्युव लगायतका माध्यमका अन्तर्वाताहरुमा उनी नायक जय किशन बस्नेतसँगै देखिने गरेकी थिईन् तर हाल हरेक टेलिभिजनका पर्दामा दिएका अन्तर्वातामा भने बस्नेत मात्र देखिएका छन् । हरेक सञ्चार माध्यममा सँगै लिएर हिडेको नायिका रायमाझीलाई चलचित्रको प्रदर्शन मिति अशोज ५ नजिकिदै गर्दा टेलिभिजनहरुमा छुटाउँनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस बारेमा नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतसँग प्रतिकृया लिन खोज्दा आफु यस बारेमा केही नबोल्ने बताए । दुई जनाबिचको सम्बन्धमा दरार आएको हो त भनी गरिएको अर्को प्रश्नमा समय भन्दा बलवान केही छैन र यस बारेमा पनि समय आए पछि नै भन्ने उत्तर दिए । एलिना रायमाझीलाई टेलिभिजन च्यानलहरुमा छुटाउँनुको कारण भन्नै पर्छ भनी उनलाई बाध्य बनाउँदा यति मात्र भने जस जसले एलिनाले प्रगति नगरोस् भनेर खुट्टा तान्छन्, डाहा गर्छन्, कुरा काट्छन्, सबको सामु नराम्रो बनाई रहन्छन्, धूम ३ र जय किशन बस्नेत भन्नासाथ जस जसले ईष्र्या र डाहा गर्छन् अनि जो मान्छेले भित्रभित्रै उसलाई ठुलो दुश्मन सम्झिन्छ त्यो कुरा मलाई मात्र नभई स्वयम एलिनालाई पनि थाहा हुँदा हुँदै त्यही मान्छेहरुसँग उसको मित्रता गाढा भई रहेकोले म आफैं टाढा हुन खोजेको हो । चलचित्र धूम ३ लाई दिने समय एलिनासँग नभएको महसुश भयो । अरु कुरा नसोध्नुस् । यति भन्दै बस्नेतले फोन काटे ।
स्मरण रहोस् चलचित्र धूम ३ जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो भने यो चलचित्र यही अशोज ५ गते देखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको छ ।
चलचित्रको ट्रेलर यस्तो छ :
प्रतिक्रिया