अमेरिकाको दक्षिण पुर्बी १५ वटा राज्यहरुमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नासा र स्थानिय संस्था टियनसिसिले आगामी सेप्टेम्बर ११ तारिखका दिन भजन शिरोमणी भक्तराज आचार्य संगीत प्रतिष्ठान सहयोगार्थ कार्यक्रम गर्ने भएको संस्थाका अध्यक्ष माधव ढकालले जानकारी दिएका छन् ।
नेपाली गित संगीत क्षेत्रमा दर्जनौ कालजयी गीत गाएर नेपाली सांगीतिक आकाशका लोकप्रिय गायकार संगीतकारको रुपमा चिनिनु भएका भजन शिरोमणि भक्तराज आचार्य जिउको सम्मानमा यस्तो कार्यक्रम गर्न पाउदा आफुहरु अत्यन्तै हर्षित भएको टियनसिसिका अध्यक्ष सान्त्वना खड्काले बताए ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले नेपाली कला संगीतको सम्बर्धन प्रबर्धन गर्नुको साथै नया पिढींलाई यस क्षेत्रमा आउन प्रोत्साहन गर्ने उदेश्यको साथ बिगत ६ वर्ष देखि रु एक लाख राशिको पुरस्कार पर्दान गर्दै आएको जानकारी यस प्रतिष्ठानका अध्यक्ष तथा भक्तराज आचार्यका जेष्ठ सुपुत्र सत्यराज आचार्यले बताएका छन् ।
अमेरिकाको सांगीतिक यात्रामा रहेको बेला नेपाली संस्था नासाले बुवाको सम्मान स्वरूप भक्तराज आचार्य संगीत प्रतिष्ठान निमित्त हातेमालो गर्ने प्रस्तावले आफुलाई अत्यन्तै उत्साहित बनाएको कुरा अर्का सुपुत्र गायक स्वरूपराज आचार्यले बताएका छन् ।
नासा सांस्कृतिक कमिटिको पहलमा हुन् लागेको यस कार्यक्रममा भजन शिरोमणी भक्तराज आचार्यका सुपुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको लाइभ सांगितिक प्रस्तुती रहने छ । जस्लाई नेपालका विभिन्न प्रमुख संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी सांस्कृतिक कमिटि प्रमुख बिशाल भारतीले बताए ।
यस अघि पनि भारतीकै पहलमा प्रत्यक्ष सांगीतिक कोष वृद्धि कार्यक्रम गरेर कलाकार दिपक क्षेत्रीको उपाचारको लागि रु २ लाख, पप सम्राट ओम बिक्रम बिष्टलाइ उपाचारको लागि रु २ लाख ३० हजार, नेपालमा बाढी पहीरो आउदा १०१३ परिवारलाइ १० लाख बराबरको राहत, देश शीतलहरको चपेटामा पर्दा पुर्बी नेपालको शितलहर प्रभावित ४ वटा जिल्लाहरुमा रु ५ लाख बराबरको ६३० परिवारलाई नियानो कम्बल वितरण गरेका थिए ।
प्रतिक्रिया