ब्राम्प्टन नगरपालिकासंगको सह्कार्यमा क्यानेडियन नेवाःगुथि को बार्षिक “सम्ये बजी” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ भदौ १७ गते १२:०४ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाःगुथि ले बर्षेनी संचालन गर्दै आएको  “सम्ये बजी” कार्यक्रम हालै  ब्राम्प्टन स्थित चींगुकुजी पार्कमा बिबिध  सांस्कॄतिक तथा मनोरन्जनात्मक कार्यक्रम सहित  सम्पन्न भएको छ  । सो अबसरमा ब्राम्प्टन नगरका  मेयर लीन्डा जेफ्रीले नेपाली समुदायको नेवा संस्कृति सम्बन्धि  जानकारी सहित कार्यक्रममा भागलिन पाउन्दा खुसी लागेको बताउनु भयो  ।साथै उहाँले ब्राम्प्टन नगर बहु सांस्कॄतिक  नगर भएको र  यसलाई  प्रबर्द्दन गर्न सहयोग जारी नै हुने छ भन्नु भयो  ।

वार्ड ३ र ४ का रिजनल काउन्सिलर मार्तिन मेडिरोस तथा वार्ड ७ र ८ का रिजनल काउन्सिलर पाट फोर्तिनिले नेवाः समुदाय को संस्कॄतिले ब्राम्प्टनको सांस्कॄतिक बिबिधतामा थप योगदान हुन जाने कुरा मा प्रकाश पार्नु भयो । कार्यक्रमको शुरुमा उपस्थित सबैलाई गुथिका अध्यक्ष्य प्रकाश प्रधानले स्वागत गर्नु भयो  भने गुथिका महासचिब बिमल श्रेस्थले कार्यक्रमको महत्व र अपेक्षा बारे प्रकाश पार्नुको साथै  यस पटक “सम्ये  बजि”कार्यक्रम संचालन गर्न ब्राम्प्टन नगरपालिकाको  बिशेष सहयोग रहेको जानकारी दिनु भयो ।

अर्का बक्ता टोरोन्टो बिस्वबिद्यालयका  नेवाः बौद्ध धर्ममा बिद्याबारीधिका बिद्यार्थि  एबम गुथिका बिभिन्न क्रियाकलापमा संलग्न ईयन टर्नरले नेवाः सस्कृति मौलिक तथा धनि संस्कॄति भएकोले आफूले सो बिषयमा अध्ययन गर्ने निर्णय गरेको हो भन्नु भयो  ।साथै उहाँले अनुसन्धानको क्रममा हालै नेपाल भ्रमण गरेको अनुभब सुनाउनु भयो । आफ्नो मन्तब्य उहाँले नेपाल भाषामा दिनु हुन्दा उपस्थित सबैले रुचिपूर्बक श्रवण गरि रहेका थिए भने मन्तब्य पस्चात सहभागिहरुले उहाँ संग नेपालभाषामा बार्तालाप गरेका थिए ।  स्मरण रहोस, ईयन टर्नर लाई गुथिको तर्फ बाट  उपाध्यक्ष उत्तम माकजू र कोषाध्यक्ष नरेश ताम्राकारले प्रशिक्षण दिएका थिएव

कार्यक्रमको शुरुवात  धिमे बाजा बाट भएको थियो भने तत्पस्चात गुथि द्वारा संचालन गरिएको चर्या नॄत्य तथा धिमे  नृत्य का प्रशिक्षार्थिहरुले आफ्नो नृत्य प्रस्तुत गर्दा  कार्यक्रम  स्थल काठमाण्डौ उपत्यका जस्तो लागेको एक सहभागिले प्रतिक्रिया दिए  ।त्यसमाथि  परम्परागत भेशभुषामा कुमारी तथा गणेशको उपस्थितिले कार्यक्रम स्थल नेपालमय बनेको थियो । चर्या नृत्यको निर्देसन टोरोन्टो बिस्वबिद्द्यालयमा  बौद्द धर्ममा पिएच.डी गरि रहनु भएकि क्यानेडियन महिला आम्बर मूर तथा धिमे नृत्यको निर्देसन गुठिका महिला सदश्य ईन्दिरा खड्का श्रेस्थले गर्नु भएको थियो  ।

त्यसपछी सहभागि सबैले नेवाः समुदायको मौलिक खाना “सम्य बजि” को पूर्ण परिकार को स्वाद रस स्वादन गरेका थिए । सो सम्य बजी  बारे एक जना क्यानेडियन   सहभागिले   सन्तुलित, पौस्टिक तथा स्वास्थबर्धक खाना भनी टिप्पणी गरेका थिए भने धेरै जसो सहभागिले क्यानडामा पनि  यस्तो नेवाः मौलिक परिकार अनुभब गर्न पाउँदा धेरै खुसी लागेको र गुथिलाई धन्यबाद ब्यक्त गरेका थिए ।

सम्ये बजी खाना पस्चात दोश्रो चरणमा स्थानिय रबि बस्नेतले आकर्षक रुपमा नेवाः परम्परागत लाखे नॄत्य प्रस्तुत गर्दा   दर्शकहरु निकै नै हौसियर लाखे संग फोटो खिच्न तम्सिएका  थिए । त्यसपछी स्थानिय नेपाली लोक संगीत प्रबर्द्दन गर्न प्रयासरत  “हिमाल भाईब्स”ले  राजमति लगायत अन्य लोक धून प्रस्तुत गर्दा सहभागिहरु नाच्न  आएका थिए  ।

कार्यक्रमको अर्को आकर्षक पक्ष  नेपाल मै हराउन्दै गएको  नेवाः खेल “कसिमला पाँएचा” पनि खेलाईएको थियो भने काठमाण्डौ उपत्यका हालै प्रचलनमा आएको   नेवाः बाजा धिमेबाजाको तालमा आधारित  “धिम्बा नृत्य” पनि गराएको थियो  ।स्मरण रहोस , “धिम्बा नृत्य” जुम्बा जस्तै आफ्नो स्वास्थ्य सशक्त राख्न  ब्यायामको  रुपमा  गरिन्छ भने “धिम्बा नृत्य”ले आफ्नो संस्कृति लाई पनि जगेर्ना गर्दै लान्छ  ।”धिम्बा नृत्य”मा उत्त्तम माकजुले सहजिकरण गरेका थिए भने सुरेन्द्र श्रेस्थ, नरेश ताम्राकार, रिकेश श्रेस्थले बाजा बजाएर सहयोग गरेका थिए ।

कार्यक्रममा सबै उमेर समुहलाई मनोरन्जन दिने क्रममा गुथिका युबा सदश्यहरुले उपस्थित बालबालिका तथा युबाहरुलाई ” टग अफ वार”, “स्पून रेस’ . “पिनाडा” खेलहरु खेलाईएको थियो हने सबैको संलग्नता भएको “बिङ्गो” खेल सुरेन्द्र श्रेस्थले सं चालन गरेका थिए त्यस्तै गुथिका सदश्यहरुले धिमे, मादल, छुस्याको तालमा प्रसिद्द नेवाः गीत ” राजमति”  “व छु गल्ली थ्व छु गल्ली” लगायत का गीतहरु प्रस्तुत गरेका थिए

कार्यक्रममा सिल्भिया श्रेस्थ, सीना श्रेस्थ, आन्या श्रेस्थ, आभा श्रेस्थ, आरम्भ श्रेस्थ, निमिसा बुराथोकि,नयशा बुराथोकि,नेहा महर्जन, निति श्रेस्थ, मिंमाङ्सा श्रेस्थ, अनन्य श्रेस्थ रबि बस्नेत लगायतका ले बिभिन्न नृत्यमा भग लिएका थिए

कार्यक्रमको  अन्तिममा नृत्य प्रशिक्षार्थी तथा स्वयम सेबकहरुलाई अध्यक्ष प्रकाश प्रधान तथा उपाध्यक्ष उत्तम माकजूले “मायाको चिन्हो” प्रदान गरेका थिए भने कार्यक्रमका  संयोजक सुमन राजबन्सीले ब्राम्प्टन नगरपालिका, स्पोन्सर गर्ने संस्थाहरु, कलाकारहरु लगायत सबै लाई धन्यबाद ब्यक्त गर्नु भयो ।यसपालीको “सम्य बजी’ कार्यक्रम ब्राम्प्टन नगरपालिकाको सहयोगमा गरेको थियो भने प्रतिकुल मौसम भएतापनि ४०० भन्दा बढिको सहभागिता थियो ।

साथै गुथिले टोरोन्टो बिस्वबिद्यालयको “हो  फामिलि सेन्टर” को  सहयोगमा टोरोन्टो बिस्वबिद्यालयमा यहि सेप्टेम्बरको अन्तिम हप्तामा  ” नेवाः फूड ईभेन्ट” गरिने जानकारि महासचिब बिमल मान श्रेस्थले दिनु भयो ।

प्रतिक्रिया