३१अगस्टमा नयाँशक्ति पार्टी नेपालको भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारको प्रथम अधिबेसन सम्पन्न!!

इनेप्लिज २०७५ भदौ १६ गते १७:४४ मा प्रकाशित

ध्रुब क्षेत्री’ दोहा, कतार

विगत ३१ महिना पहिले वा १ जनवरी २०१६ मा नयाँशक्ति पाटि नेपालकि नेत्री पुर्ब मन्त्रि हिसिला यमी को प्रमुख अतिथ्यमा विधिवत गठीत नयाँशक्ति पाटि नेपाल को भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारले प्रवासमा छरीएर रहेका सम्पुर्ण नेपालीहरुलाई नेपालको हालको अबस्था र विदेश मा बसेर पनि जन्म भुमि को सम्रिद्दीका लागि केहि गर्न सकिञ्छ भन्दै सबै कतार बासि नेपालीलाइ समेट्द्दै नयाशक्ति को राजनीतिक सिदान्त र कर्याधिसा प्रति समर्पित मात्र नभई यहाँ कतार मा रहेका सम्पुर्ण श्रमीक तथा मजदुरहरुमा आउन सक्ने हरेक प्रकारका वाधा अफ्ठेरा र त्यसको समधानका निम्ति यो संगठन वाटनै सहयोग पुगोस भन्ने सोच अनुरुप तथा स्वरोजगारको अवसर र सम्भाव्यतालाई सार्थकता तुल्याउन एकजुट भइ स्थापना गरेको संगठन ले मिति १५ ।०५ ।२०७५ मा ताज होटल एण्ड रेस्टुरेन्ट को सभाहल मा नयाँशक्ति पाटिका केन्द्रीय कार्याकारी सदस्य तथा प्रबाश इन्चार्ज श्री देबेन्द्र पराजुली को प्रमुख अतिथ्यामा आफ्नो एतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।

संगठनका सदस्य सन्तोष तिमिल्सेना ले संचालन गरेको कार्यक्रममा संगठनका अधिबेसन आयोजक समितिका संयोजक देब परिवारकोले सभापतित्व गरेका थिए, नयाँशक्ति पाटिका केन्द्रीय कार्याकारी सदस्य तथा प्रबाश इन्चार्ज श्री देबेन्द्र पराजुली को प्रमुख अतिथ्या र गैह्र आवशीय नेपाली संघ अन्तराट्रिय परिषदका सदस्य बिमल सुबेदी, संस्थाका सल्लाहकारहरु दुर्गा सुनार , सिभराज भटराई, ध्रुब क्षेत्री , गैह्र आवशीय नेपाली संघ, कतारका दृतिय उपाअदक्ष्य सुदर्सन भट्ट, सामाजिक अभियान्ताहरु बिनोद बसौला, नारायाण बिस्ट, गडेश बन्जाडे, लाल भट्ट , वोम राज गुरुङ, सुर्य गुरुङ ,नन्द ढुन्गाना, बैचारिक सस्थाका प्रतिनिधिहरु चानक पोख्रेल (नेकपा) हुसेन खान ( राजपा ) रकम राइ (नेकपा) मदेसी जनाधीकार फोरम , बिपल्ब नेकपा , गोर्खा समाज , तामांग समाज कतार, विश्वकर्मा सेवा समाज, परियार मित्रता समाज कतार , दलित संजाल कतार,, पत्रकार महासंघ कतार, लगाएतका संघ तथा सस्थाका प्रतिनिधिको विशेष अथित्यमा भएको थियो । कार्यक्रमको शुभारम्भ सभापति, प्रमुख अतिथि, विशेष अतिथि बाट हरियो सानो रुखको बिरुवामा पानी लगाएर र ब्यानर अनावरण वाट गरिएको थियोे ।

उल्लेख्य नयाशक्ति का अभियन्ता दिदि बहिनि तथा दाजु भाइहरुको उपस्थित रहेको कार्यक्रममा संस्थाका सस्थापक प्रवक्ता ध्रुब क्षेत्रीले स्वागत मन्तव्य राख्दै स्वागत गरेका थिए ।सबै सस्थाका प्रतिनिधीहरुले आफ्नो सुभकामना मन्तब्या राख्दै प्रवासमा खोलिएको बैचारिक संगठन भए पनि बिगत देखि सामाजिक काम मा लागेको र भबिस्य मा अज बडि सामाजिक र श्रमिक मुखी हुने अपेक्ष्या गरेको बताएका थिए!

मन्तव्यकै क्रममा प्रमुख अतिथि तथा पाटिका केन्द्रिया नेता देबेन्द्र पराजुली ले २१ सौ सताब्दी र देशको आबस्यकता अनुसार नेपाललाइ समता-मुलक सम्रिद्दीमा लैजाने उद्देश्य अनुरुप नेपालमा नयाँसक्ति को जन्म भएको र विदेशमा पनि तेस्का भात्री संगठनहरु ले आफ्नो बैचारिक तथा सांगठानिक क्रियाकलाप गरि मूल पाटि को नीति र कार्यदिसा लाइ सघाएको प्रति खुसि बेक्त गर्दै पाटिको राजनीति तथा बैचारिक र हाल पाटि ले अबल्बन गरेको नीति बारे प्रस्ट्याउनु भएको थियो !

खुलासत्र कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा नबनिर्बाचित अदक्ष्य श्री देब परियार ले विगत ३१ महिना पहिलेका कुराहरु स्मरण गर्दै १३ /१४ जना वाट शुरु गरिएको संगठन ले सिंगो कतारमा रहेका नयाशक्ति का अभियान्ताहरु लाइ समेट्दै बिगत मा आफुहरुले नेपाल मा करीव ४५० हजार ने.रु. बिभिन्न असाय तथा पिडितहरुका लागि सहयोग गरेको र यहा कतारमा पनि तेस्तै रुपमा सहयोग गरेको बताउदै आगामी दिन मा पनि संगठन श्रमिक तथा सामाजिक अभियानमा लाग्ने प्रतिज्ञा गर्नु भयो  !

खुलासत्रको अन्त्य संगै गठित निर्वाचन समिति संयोजक सिभराज भटराई , सदस्यहरुः श्री राजु पुडासैनी, सहितको समितिले निर्वाचन प्रकृया शुरु गरि नयाँ नेतृत्वमा उम्मेदवारी दिइ निर्बिरोध निर्वाचित हुनुहुने अध्यक्ष देब परियार, उपाध्यक्ष मनोज दाहाल, अनिल परियार , अब्दुल करिम मिया, महासचिव मान ब डाँगी, सचिव नबराज लामिछाने, कोषाध्यक्ष रामजी सुबेदी, सहकोषाध्यक्ष राजु परियार, प्रवक्ता सन्तोष तिमल्सिना, लगाएत ३१ जना सदस्यहरुलाइ निर्बाचन कमिटिका संयोजक तथा पुर्ब कतार इन्चार्ज सिभराज भटराई ले सपथ ग्रहण गराएका थिए भने हल बाट नै सर्ब सम्मत रुपमा लगानी तथा बिज्ञ परिसद संयोजकमा पाटिका केन्द्रिय सदस्य कमल घिमिरे , सल्लहाकार संयोजकमा कतारका पुर्ब उपाधक्ष्य दुर्गा सुनार, प्रसिसर्ण बिभाग प्रमुखमा सीसी सुबेदी , खेल बिभाग प्रमुखमा टेक प्रसाद गोतामे (जेकी ) तथा संगठन बिभाग प्रमुखमा रमेश सिंह खाती , महिला बिभाग प्रमुख मा मेनुका श्रेस्टः लाइ निर्बाचित गरेको छ ! उक्त अधिबेसनले कतारको सनैया , सहेलिया , दोहा , वोक्रा , अलखोर लगाएतको छेत्रीय कमिटि तथा जनजाति , मधेश , मुस्लिम , र दलित बिभाग प्रमुख पनि घोसर्णा गरेको जनाएको छ !

प्रतिक्रिया